© २०२३
देवदह, १३ असार रुपन्देहीको देवदह घोडाहा स्थित खयरडाडामा उत्खननको क्रममा बौद्धकालिन पर्खाल र इनार भेटिएको छ । बौद्धकालिन समयमा कोलिय राज्यको दरबार रहेको बुझिने उक्त स्थानमा भग्नाशेषहरु भेटिएको हो । लुम्बिनी विकास कोष पुरातत्व विभाग महाशाखाका प्रमुख हिमाल उप्रेती लगायतको टिमको प्रयासमा उक्त भग्नाशेष भेटिएको हो । बिगत एक महिनादेखि उत्खनन्को प्रक्रियालाई अघि बढाएको र उत्खनन् तीन ठाउँमा गरिएको लुम्बिनी विकास कोष पुरातत्व विभाग महाशाखाका प्रमुख हिमाल उप्रेतीले बताए । उनले उत्खनन्को क्रममा दुई प्रकारको इट्टा भेटिएको पनि बताए । एकथरी ३२ से.मी लम्बाई, २२ से.मी चौडाई, र ६ से.मि मोटाई रहेको तथा अर्को २९ से.मी लम्बाई, १९ से.मी, चौडाई र ४ से.मी मोटाई रहेको जानकारी दिए । उत्खनन्को क्रममा माटोका पाला धेरै भेटिएको हुदा धार्मिक संरचनाको उद्देश्यले भग्नाशेष बनाइएको हुन सक्ने उनले बताए । साथै उनले अहिले परीक्षण उत्खनन् गरिएको र अर्को वर्ष देवदह नगरपालिका र लुम्बिनी विकास कोषको संयुक्त लगानीमा भग्नाशेषको बनावट कस्तो थियो, कुन प्रयोजनको लागि भग्नाशेष बनाइएको थियो भन्ने कुराको रिपोर्ट नै तयार पार्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी