© २०२३
कपिलवस्तु, १३ असार कपिलवस्तु नगरपालिकामा गर्भवती र सुत्केरी महिलालाई पोषण सम्बन्धि अभिमुखीकरण दिईएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा समदर्शी महिला बिकास केन्द्रले नगरपालिकाको वडा नम्बर ६ मा अभिमुखीकरणको आयोजना गरेको हो । अभिमुखीकरणमा सहभागीलाई कपिलवस्तु नगरपालिकाका स्वास्थ्य ईकाई प्रमुख उमेश प्रसाद गुप्ता, स्वास्थ्यकर्मीहरु सुवासचन्द्र यादव र ईस्तियाक अहमदले प्रशिक्षण दिएका थिए । गर्भअवस्थाको स्याहार, पोषण, खोप, गर्भ अवस्था र प्रसुती अवस्थाको जोखिमबारे प्रशिक्षण दिईएको संस्थाकी कोषाध्यक्ष शान्ता सापकोटाले बताईन । गर्भ अवस्थाको शुरुवात देखी सुत्केरी अवस्था सम्म (१ हजार दिन)का महिलालाई सो समय हुन सक्ने जोखिम, पोषण, खानपान र खोपहरु बारे सचेत बनाउन अभिमुखीकरण सहयोगी हुने संस्थाकी अध्यक्ष गिता श्रीवास्तवले बताईन ।