ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

लागुऔषध दुब्र्यसनी रोक्न युवालाई सचेतना

१३ असार २०८०, बुधबार
१३ असार २०८०, बुधबार

कपिलवस्तु, १३ असार  कपिलवस्तुको यशोधरा गाउँपालिकाका युवाहरुलाई लागुऔषध दुव्र्यसन तथा ओसारपोसार बिरुद्ध अभिमुखीकरण दिईएको छ । यशोधरा गाउँपालिकाको सामाजिक बिकास शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्राबिधिक सहयोगमा पालिकाका युवालाई अभिमुखीकरण दिईएको हो । अभिमुखीकरणको प्रशिक्षण गर्दै जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरिक्षक शैलेश्वरी बोहराले लागु औषधको प्रयोग र ओसारपोसारमा सरिक हुदा युवाहरुको भविष्य नै अन्धकारमा पर्ने गरेको बताईन । सिमावर्ती क्षेत्रमा लागु औषधको दुव्र्यसनी र ओसारपोसारको जोखिम हुने भएकाले युवाहरु सचेत हुनुपर्ने उनले सुझाव दिईन । अभिमुखीकरणमा लागुऔषधका प्रकार, निम्त्याउने जोखिम, ओसारपोसार, लागु औषध ओसारपोसारमा लाग्ने व्यक्तिले भोग्नुपर्ने जोखिम र कारवाही, परिवार र समाजमा पर्न सक्ने असर, नियन्त्रणका लागि युवाले खेल्न सक्ने भुमिका र नागरिक प्रहरी सहकार्यको बिषयमा जानकारी दिईएको थियो । सिमा क्षेत्रमा लागुऔषधको प्रयोग र ओसारपोसारको बढदो जोखिम नियन्त्रण गर्न नागरिक प्रहरी सहकार्य आवश्यक रहेको सिमा प्रहरी चौकी मर्यादपुरका प्रहरी नायब निरिक्षक चित्रबिर केसीले जोड दिए । युवा लागुऔषधको कुलतमा परे उनका परिवार र समाजिक संरचनामै असर पर्ने भएकाले युवा सचेत हुनुपर्ने गाउँपालिकाका लेखा अधिकृत निराजनराज लम्सालले बताए । लागुऔषध बिरुद्धको अभियानमा सबै लाग्नुपर्ने गाउँपालिका उपाध्यक्ष गुन्जादेवी मौर्यले बताईन । पालिकाका युवाहरुलाई लागुऔषध दुब्र्यसन र ओसारपोसार बारे सचेत बनाएर सिमा क्षेत्रमा हुने अपराध न्युनिकरणमा सहयोग पुग्ने गाउँपालिकाका सामाजिक बिकास अधिकृत कृष्णनाथ पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?