© २०२३
भारत, असार । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो । नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो । खेलको ८० औं मिनेटमा आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा आशिषले उत्कृष्ट गोल गरे । आशिषको यो नेपालका लागि डेब्यु गोल हो । जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । पाकिस्तानले भने अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।