© २०२३
चन्द्रौटा(कपिलवस्तु), १२ असार ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था चन्द्रौटा शाखाले वृक्षरोपण कार्यक्रम गरेको छ । जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा अवस्थित वडा प्रहरी कार्यालय परिसरमा मंगलवार वृक्षरोपण गरिएको जनाइएको छ ।
“रुख रोपौं, पर्यावरण जोगाऔं“ भन्ने मूल नाराका साथ लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण गरिएको शाखा प्रबन्धक केशव भट्टले जानकारी दिए । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले वृक्षरोपण गर्नु सराहनीय कार्य रहेको बताए । हराभरासँगै वातावरण सौन्दर्य बनाउन ती साना बिरुवाले सकारात्मक भूमिका खेल्ने उनले उल्लेख गरे ।
समयमा बर्षात नहुनु बोटबिरुवा विनास गर्नु पनि कारण भएकाले वातावरण जोगाउनु हामी सबैको दायित्व रहेको समेत मल्लको भनाई छ । शाखा प्रबन्धक भट्टले देशैभर रहेको लघुवित्तको १ सय ६२ शाखाले असार १२ गतेकै दिन देशभर एकैसाथ सरकारी कार्यालय वा सार्वजनिक स्थलमा वृक्षरोपण कार्यक्रम गर्ने गरेको बताए । चन्द्रौटा शाखाको १५१ केन्द्र मार्फत ३ हजार ३ सय ११ सदस्यले लघुवित्तमार्फत सेवा लिइहेरहेको संस्थाले जनाएको छ ।