ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

राप्ती नदीमा जल उत्पन्न प्रकोप उद्दार अभ्यास

१२ असार २०८०, मंगलवार
१२ असार २०८०, मंगलवार

लमही , १२ असार ।

मंगलबार देउखुरीको राप्ती नदीमा लुम्बिनी प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्दार अभ्यासको प्रदर्शनी गरिएको छ । तालिम प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी तीनै सुरक्षा निकायले विपद् र विपद्पश्चात् तत्काल उद्दार गर्न राप्ती नदीमा संयुक्त अभ्यास प्रदर्शनी गरिएको हो ।

कार्यक्रम अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राप्ती नदीमा द्रुत उद्दार, र्याफ्टिङ उद्दार, बाढी प्रभावित समुदायको उद्दार, गोताखोरद्वारा पानीमा डुबेका मृतकको उद्दार लगायतका आपतकालीन अवस्थामा गर्नुपर्ने कार्यहरू प्रदर्शन गरिएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीनै सुरक्षा निकायले संयुक्त रुपमा देखाएको प्रदर्शनी अभ्यासको प्रसंसा गरे । सीमित स्रोत साधान बाबजुद पनि सुरक्षाकर्मीहरुले विपद्का बेला आफ्नो ज्यानको समेत परवाह नगरी काम गरेको बताए ।

उनले भने,–‘लुम्बिनी प्रदेशमा वर्षातको बेलामा बाढी र डुबानले ठूलो क्षति गर्ने गर्दछ । क्षति न्यूनिकरण गर्न हामीले दक्ष जनशक्तिको तयारी गर्नुपर्ने आवश्यकता रहेको छ । उद्दारकहरुलाई चाहिने आवश्यक सामाग्रीको लागि आफुले यस वर्षको बजेटमा व्यवस्था गर्न लगाएको छु ।’

लुम्बिनी प्रदेश सरकारको संयोजकत्वमा प्रदेशस्थित सम्पूर्ण सरोकारवाला निकायहरुको सहभागितामा आयोजित विपद् व्यवस्थापन सम्बन्धी एकीकृत अभ्यास हातेमालो कार्यक्रममलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशमा वर्षातको बेला बाढी र डुबानको समस्याहरु आउने हुनाले विपद् भन्दा पहिले पूर्व तयारीको काम आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा विपद व्यवस्थापन निर्देशनालयका निर्देशक रविन्द्र खत्रीले कुनै पनि समयमा आम समुदायलाई जोखिमबाट उद्दार गर्ने गरी तयारीमा रहेको बताए ।

कार्यक्रममा तीनै तहका सुरक्षाकर्मीहरु र लमही नगरपालिकाले विपद्का बेला उद्दार कार्यमा प्रयोग गरिने सामग्रहीहरु प्रदर्शनी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?