ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

छत्रेश्वरीले कृषि वस्तु ढुवानीमा अनुदान दिने

१२ असार २०८०, मंगलवार
१२ असार २०८०, मंगलवार

सल्यान, १२ असार । सल्यानको छत्रेश्वरी गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानीमा अनुदान दिने नीति ल्याएको छ । कृषि व्यवसाय प्रर्वद्धनका लागी बीउ विजन, मलखाद, कृषि औजारको खरिद र कृषिजन्य उत्पादनको ढुवानीमा अनुदानको व्यवस्था गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । १४ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बजेट पेश गरेकी थिइन् ।
कृषकलाई सम्मान र पुरस्कृत गर्ने, सिंचाइ योजनाहरु सञ्चालन गर्ने, सबै वडाबाट कृषि र पशु सेवा उपलब्ध गराउने, ठुला किसान र मझौला किसानलाई कम्पनी तथा फर्मा मार्फत विकास गरिने, साना तथा अति विपन्न किसानलाई समुह र सहकारीमा आबद्ध गरी उत्पादन सामाग्री तथा सेवा वितरण गरी ग्रामीण स्तरमा विद्यमान गरिबी न्यूनीकरण गरिने छत्रेश्वरीको नीति छ ।
सुन्दर, समुन्नत र समृद्ध छत्रेश्वरी गाउँपालिका निर्माण गर्ने संकल्प, नागरिकको समृद्धिको चाहना र स्थानीय तह निर्वाचनमा जनाइएका प्रबिद्धताहरु पुरा गर्ने दिशामा नीति तथा कार्यक्रमलाई अभिमुख गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । उद्यमशिलताबाट रोजगारी श्रृजना गर्ने, सबैका दिगो खानेपानी तथा सरसफाई परियोजना प्रभावकारी रुपमा सञ्चालन गर्ने, पूर्वाधार विकासलाई प्रभावकारी र लयबद्ध रुपमा अगाडी बढाउने, स्वास्थ्य, शिक्षा, पर्यटन लगाएतका क्षेत्रको विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु अघि सारेको छ ।
छत्रेश्वरीको गाउँसभाले उपाध्यक्ष खत्रीले पेश गरेको ५० करोड तीन लाख ३१ हजार ३९४ रुपैयाँ बराबरको बजेट पनि पारित गरेको छ । पारित बजेटमा कृषि क्षेत्रको विकासका लागि ४२ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । वडा स्तरमा वडा नम्बर ५ मा ६० लाख बराबर र अन्य वडाहरूमा प्रति वडा ५० लाख बराबरका विभिन्न योजनाहरु आगामी आर्थिक वर्षमा सम्पन्न हुनेछन् । संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान ९ करोड ९ लाख, शर्सत अनुदान चालु तर्फ २२ करोड ७१ लाख र पुँजिगत तर्फ २ करोड ६९ लाख, राजस्व बाँडफाँड ८ करोड ७१ लाख ८३ हजार ९ सय, प्रदेश सरकाबाट प्राप्त वित्तिय समानिकरण अनुदान १ करोड ४२ हजार, राजस्व बाँडफाँडमा ७ लाख ६५ हजार ४ सय ९४, प्रदेश शर्सत अनुदान १ करोड ८४ लाख ४० हजार, प्रदेश विशेष ४० लाख र आन्तरिक श्रोत २ करोड ७० लाख रुपैयाँ अनुमान गरी छत्रेश्वरीले बजेट निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?