ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 
पत्रकार शुद्धीकरण अभियानमै प्रश्न

सदस्यता जोगाउन ‘पार्टीगत भागबन्डा’

१२ असार २०८०, मंगलवार
१२ असार २०८०, मंगलवार

१९३ सदस्य रहेको नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अहिले शुद्धिकरणभन्दै १ सय २० जना पत्रकारको सदस्यता नविकरण नगर्ने निर्णय गर्दै ७३ जनाको नाम पठाएको छ । ति ७३ जना भित्र समेत जागिरे, विभिन्न राजनिति दलका व्यक्ति, निजि विद्यालय तथा वित्तिय संस्थाका सञ्चालक रहेका छन् ।

चन्द्रौैटा(कपिलवस्तु), १२ असार ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुको शुद्धीकरण अभियान राजनीतिक संरक्षण भएको छ । राजनीतिक संरक्षणले केही सदस्यहरुको सदस्यता जोगाइएको आरोप लागेको छ । कुल सदस्य संख्या १९३ रहेको नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा अहिले शुद्धिकरणभन्दै १ सय २० जना पत्रकारको सदस्यता नविकरण नगर्ने निर्णय गरेको थियो । तर महासंघले पठाएको ७३ जनाको मात्र नविकरण गर्ने भन्दै प्रदेश समितिलाई पठाएको छ । शुद्धिकरण समितिले १ सय २० जना शुद्धिकरण गर्ने नमिल्ने भन्दै ७३ जना भित्र समेत जागिरे, विभिन्न राजनिति दलका व्यक्ति, निजि विद्यालय तथा वित्तिय संस्थाका सञ्चालक रहेका छन् ।

पत्रकार महासंघको केन्द्रिय कार्यालयको निर्देशन अनुसार भने कपिलवस्तु महासंघले ७३ जना विभिन्न दलको भागबन्डा अनुसार सिफारिस गरेको छ । महासंघले सिफारिस गरेको मध्ये शुसिला बेल्वासे नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि रहेकी छन् । सिफारिस गरिएका चिन्ता परियार नेकपा माओवादी केन्द्र शिवराज नगर कमिटीका अध्यक्ष हुन् । प्रेस युनियनका दिपक भण्डारी भने गैरसरकारी संस्थाका कर्मचारी हुन् ।

यस्तै माओवादीबाट पूर्व कृषि मन्त्री बलदेव खनालका स्वकीय सचिव सरोज खनाल भने वित्तीय संस्था तथा निजि विद्यालय सञ्चालक समेत रहेका छन् । तर हाल उनी कुनै पनि मिडियामा आबद्ध छैनन् । प्रेस सेन्टरका राजेश कुर्मी चौधरी शिवराज नगरपालिकाको कर्मचारी हुन ।माधव बेल्बासे नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरको लेखापाल रहेका छन् । बलवन्त कुमार गुप्ता गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका सदस्य रहेको छन् । त्यसैगरी कुलराज भुसाल सिद्घार्थ क्याम्पसमा शिक्षण पेशामा आबद्ध छन् । भने प्रेस चौतारीका विकाश थापा मुस्लिम आयोगबाट सरकारी सेवा लिएका पत्रकार हुन् ।

यस्तै सिफारिसमा परेकी सरिता ज्ञवाली रेडियो बुद्ध आवाजको पूर्व कर्मचारी हुन् तर हाल गैरसरकारी संस्थामा जागिरे छिन् । यता कपिलवस्तु शाखाले गरेको शुद्धिकरण अभियान सार्थक पार्न निर्देशन अनुसार शुद्धीकरण नगरेको भन्दै समितिका सदस्यहरुले विरोध जनाएका छन् ।

महासंघ कार्य समितिका सदस्य नारद कोहार, कोषाध्यक्ष मोहन बेल्वासेलाई बैठकमा खबर नगरि मनोमानि तरिकाले सिफारिस गरिएको बेल्वासेले जानकारी दिए । शुद्धिकरण अभियानका संयोजक डिलाराम भुसाल पत्रकार भन्दा व्यापारीक रुपमा चर्चित छन् । यस्तै वृजेश जैसवाल भने सिनेमा सप्तरङका सञ्चालक हुन् । कार्य समितिका सदस्य रहेका कोहार एनसिएल कम्पनीमा कार्यरत छन् ।

यस्तै महासंघले वाणगंगा एफएमका स्टेसन म्यानेजर गणेश पोख्रेलको सदस्यता नविकरण गरेको छैन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट चन्द्रकान्त न्यौपाने, नेपाली कांग्रेसको तर्फबाट राजु खराल, जनता समाजवादी पार्टीको तर्फबाट रमेश मिश्र लगायत ३ जना गतस्थानीय निर्वाचनमा उम्मेदवार बनेका थिए । उम्मेदवार बनेका ३ जनाको हालसम्म महासंघको सदस्यता भने कायम रहेको छ । पत्रकार लक्ष्मण बेल्वासे नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख हुन भने भेषराज पाण्डे नेकपा एमालेका नेता हुन् ।
जिल्लाका विभिन्न राजनीतिक दलका भातृ संगठनहरुको छाता संगठनलाई भागबन्डामा राखेर सदस्यता नविकरण गरेको आरोप छ । अहिले पत्रकार महासंघ कपिलवस्तुको भने कार्य समितिका केहि पदाधिकारीहरुले समर्थन गरेका छन् भने केहि सदस्यले शुद्धिकरण गरेको नामावली प्रति असन्तुष्टि जनाएका छन् । नयाँ सदस्यताभने तत्कालै नदिने योजना रहेका महासंघका अध्यक्ष किरणमान बज्राचार्यले बताए । ‘केन्द्रीय निर्देशन अनुसार शुद्धीकरण अभियान चलेको छ । ठूलाठूला राजनीतिक दलका पत्रकारहरुको समेत महासंघको सदस्यता खारेज भएको छ ।’— उनले भने । पत्रकार महासंघको केन्द्रिय निर्देशन अनुसार कपिलवस्तु महासंघमा कुनै पनि संस्थामा जागिरे, राजनैतिक तथा सार्वजनिक पद धारण गरेका सदस्यता नविकरण नगर्ने भनिएको थियो । महासंघ कपिलवस्तुले पूर्व जिल्ला अध्यक्ष डिलाराम भुसालको संयोजत्वमा ७ सदस्यीय शुद्धिकरण अभियान समिति गठन गरिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?