Butwal Today

लागूऔषध दुर्ब्यसन बिरुद्ध शान्ति समाज

११ असार २०८०, सोमबार
अ+
अ-

बुटवल, ११ असार  मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले लागू औषध दुर्ब्यसन बिरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा सचेतनामुलक कार्यक्रम गरेको छ । बुटवल ८ मा रहेको अक्सफोर्ड माध्यमिक बिद्यालयमा कक्षाा १० मा अध्ययनरत बिद्यार्थीहरुलाइ सहभागि गराएर कार्यक्रम गरिएको हो । उनीहरुलाइ शान्ति समाजका केन्द्रिय सल्लाहकार गोबिन्द खनालले सहजीकरण गरेका थिए । सो अबसरमा खनालले लागू औषध दुब्र्यसनले युवाहरुको जीवन मात्र नभइ समग्र राष्ट्र तथा विश्व मानव समुदायकै भबिष्य अन्धकारतर्फ डोर्याएको बताए । उनले बिश्वब्यापी रुपमा युवाहरु माझ कहालीलाग्दो गरि फुसको आगो जस्तै भित्र भित्रै फैलिरहेको उल्लेख गरे । खनालले लागूऔषध दुब्र्यसनको डरलाग्दो भुमरीबाट मानव सभ्यतालाई बचाउन युवा बर्ग, अभिभावक बर्ग, बिद्यालय, कलेज, समुदाय, संस्था, राजनीति दल, सरकार, राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले साझा संकल्प गर्न अपरिहार्य भएको बताएका हुन ।
समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराइ (कृष्ण ), सचिव कृष्ण पाण्डे, अक्सफोर्ड माबिका प्राचार्य दिनेश भुसाल, शान्ति समाजका रुपन्देही उप–सभापति कपिल ज्ञवाली, सहसचिव सीता पौडेल, सदस्य रत्ना कडेँल, केशब पाण्डे लगायतले बोलेका थिए । सो अवसरमा सहभागी सबैलाई समाजको अवधारणापत्र समेत बितरण गरिएको थियो ।