© २०२३
बुटवल, ११ असार बुटवल बहुमुखी क्याम्पस, बिबिए छैठौं सेमेस्टरमा अध्यनरत एक ब्लड र वोनम्यारो क्यान्सरबाट पीडित छात्रालाई सहयोगको अपिल गर्दै सोमबार बुटवलमा घरदैलो गरेको छ । ब्लड र वोनम्यारो क्यान्सरबाट पीडित भई भारतको दिल्ली स्थित राजीव गांधी क्यान्सर अस्पतालमा उपचार रहेकी तिलोत्तमा–५, नयाँमिल चौपारीकी सुनिता खनाललाई सहयोगको अपिल गर्दै बुटवल बहुमुखी क्याम्पस बिबिए क्लालिटी सर्कलको अगुवाइमा कार्यक्रम गरिएको हो ।
क्याम्पस परिसरबाट शुरुभएको विद्यार्थीहरुको घरदैलो ट्राफिक चोक, राजमार्ग चौराहा हुदै नगर परिक्रमा गरेको थियो । पछिल्लो एक महिनामा १३ लाख रुपैया खर्च भएको आमा मिरा खनालले बताईन । उपचारमा ठुलो खर्च हुने उपचारमा संलग्न चिकित्सकबाट जानकारी पाएको उनले बताईन । परिवारमा बुबा टंकनाथ खनाल र आमा मिरा खनालकी सुनिता जेठी छोरी हुन । उनको एक बैनी र भाई छन । बुबा खनाल भने बैदेशिक रोजगारमा रहेका छन । विद्यार्थीहरु स्वतस्र्फुत रुपमा सहयोगमा जुटेको सर्कलका अध्यक्ष अजित अधिकारीले बताए । ‘सेवा नै ठूलो धर्म हो, हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो प्रभाव पार्न सक्छ ।’—उनले भने । सुनितालाई सबैले एकबद्ध भएर माया, प्रोत्साहान र आर्थिक सहयोगमा जुट्न उनले आग्रह गरे । सुनितालाई जीवनदान दिन सहयोगको लागि एनआईसी एशियामा बैक खाता खोलिएको छ । जसको खाता नंः १०५५७५११०६३००००१ रहेको छ ।