ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित

१० असार २०८०, आईतवार
१० असार २०८०, आईतवार

रोल्पा, १० असार ।

अतिरिक्त हुलाक खारेज गर्ने निर्णयका विरुद्ध रोल्पाका अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित भएका छन् । असार ५ गतेदेखि आन्दोलनमा उत्रिएका उनीहरुले असार १० गते पहिलो चरणको आन्दोलन सम्पन्न गरेका छन् ।

असार १४ गते देखि दोश्रो चरणको आन्दोलनमा जाने तयारीका साथ उनीहरु विभागमै पुगेर आन्दोलन गर्ने निश्कर्षमा पुगेका हुन् । “जिल्लामा भएको आन्दोलनप्रति सरकारको सदासयता देखिएन अव विभागमै पुगेर आन्दोलन गर्छौ”– नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोएिशसन जिल्ला समिति रोल्पाका संयोजक देववहादुर सन्यासीले भने । “जीवनका उर्जाशिल समय अतिरिक्त हुलाकको सेवा गरेर विताएका कर्मचारीका लागि अव कुनै विकल्प नहुँदा कसरी जीवन यापन गर्ने ?” सन्यासीले प्रश्न गरे ।

अतिरिक्त हुलाक खारेज गर्ने निर्णय फिर्ता गर्न, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीको रोजगार नखोस्न, हुलाकको संरचना खारेज हैन यसको पुनःसंरचना गर्न र अवकासपछि पाउने सुविधाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

अतिरिक्त हुलाकमा काम गर्ने देशभर ११ हजार र रोल्पामा मात्रै १४९ कर्मचारी भएको वताइएको छ । हुलाक प्रमुख, पत्र वितरक र डाँक वाहक गरी तीन पदमा कार्यरत अतिरिक्त हुलाकका कर्मचारीहरु न्यून तवलमा काम गर्दै आएका थिए । हुलाक प्रमुखले मासिक ८ हजार ३१० तलव सुविधा लिदै आएकोमा पत्र वितरक र डाक वाहकले मासिक ७ हजार २७५ रुपैयाँ तलव लिदै आएका थिए । दैनिक २ घण्टा काम गर्ने भनिए पनि भौगोलिक दुर्गमताका कारण त्यो भन्दा दोव्वर समय काम गर्न वाध्य हुदै आएको उनीहरुको भनाई छ । रोल्पाका अतिरिक्त हुलाकमा काम गर्ने पुरुषको तुलनामा महिलाको संख्या वढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?