ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

विद्यालयमा लागूपदार्थ दुव्र्यसनीबारे अभिमुखीकरण

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

चन्द्रौटा(कपिलवस्तु), ९ असार ।

कपिलवस्तुको एक विद्यालयमा लागूपदार्थले जीवनमा पार्ने असर तथा कानुनी प्रावधानबारे अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्लाको शिवराज नगरपालिका–२, हल्लानगरस्थित बाल शिक्षा माध्यमिक विद्यालयमा शुक्रबार अभिमुखीकरण गरिएको बालापुर आशा सञ्जालले जनाएको छ ।

वडा अध्यक्ष राम बहादुर चौधरीले पछिल्लो समय लागुपदार्थको दुर्वयसन, रोजगारी तथा प्रेम गरेको देखावटी सम्बन्धले युवा पुस्ता मानव ओसारपसारको दलदलमा फस्दै गएको बताए । यसलाई नियन्त्रण गर्न सबैले हातेमालो गर्न जरुरी रहेको बताउँदै अभिभावकले आफ्नो सन्तानको निगरानी गर्न भूमिका खेल्नुपर्ने जिकिर गरे ।

वडाध्यक्ष राम बहादुर चौधरीले लागूपदार्थ न्यूनीकरण गर्न आफूबाटै सुरुवात गरी प्रतिबद्धता जनाउन जरुरी रहेको बताए । समाज रुपान्तरण गर्न हरेक क्षेत्रबाट हातेमालो गर्नुपर्ने बताउँदै मदिरा बिक्री वितरण गर्ने समय निर्धारण गर्नुपर्नेमा उनले जोड दिए ।

यसैबीच वडा प्रहरी कार्यालय चन्द्रौटाका सहायक प्रहरी निरीक्षक तथा प्रशिक्षक रहेका विक्रम प्रसाद भुसालले कानुनी प्रावधानबारे प्रष्टाउँदै आपराधिक गतिविधिबाट सावधानी अपनाउनुपर्ने बताए । भेटघाट, बर्थडे पार्टी लगायत अन्य क्रियाकलापको नाममा रातीराती अनावश्यक गतिविधि नगर्ने उनले बताए ।

विभिन्न पार्टीकै बहानामा चोरहरुले तस्करी गरिरहेका हुन्छन् जसले गर्दा वास्तविक तस्करलाई प्रहरीले नियन्त्रण गर्न समस्या भएको भुसालको भनाइ छ ।

किडार्क नेपालका सामाजिक विकास अधिकृत बिनोद केवटले लागुपदार्थ नियन्त्रण गर्न अभिभावक सचेत हुनुपर्ने बताए । सामाजिक रुपान्तरणका लागि आशा सञ्जालले गरेको गतिविधि सकारात्मक रहेकोमा उनले प्रशंसा गरे । विरेन्द्र मिश्रा, सञ्जालकी अध्यक्ष लक्ष्मी थारुले लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । साथै लागुपदार्थ रोकथामका लागि प्रतिबद्धता समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?