© २०२३
बुटवल, ९ असार ।
एसईई रिजल्ट नआउँदै अक्सफोर्ड मावि बुटवलमा अभिभावक तथा विद्यार्थीहरूको दैनिक भिडभाड हुन थालेको छ । एसईई परीक्षा २०७९ को परीक्षाफल असार १५ सम्म सार्वजनिक गर्ने बोर्डले कार्यतालिका सार्वजनिक गरेसङ्गै कक्षा ११ मा छोराछोरी अक्सफोर्ड माविमै भर्ना गर्नको लागि आफूहरू बुझ्न आएको अभिभावक केशव गैरेले बताए ।
बुटवलमा रहेका अन्य विद्यालयले अनलाइन भर्ना फारम खुलाएको तर अक्सफोर्ड माविले फारम नखुलाएको हँुदा कतै पछि भर्ना हुन नपाइने पो हो कि भनेर आफुहरू कलेज भिजिट गर्न आएको केही विद्यार्थीहरूले बताएका थिए । विगत बर्षमा पनि बुटवलमा रहेका अन्य कलेजमा विद्यार्थी कम भर्ना हुँदा अक्सफोर्डले भने ५ दिनमै भर्ना रोक्नुपरेको थियोे ।
विगत केही बर्ष यता रिजल्ट र संस्कार सहितको शिक्षामा अब्बल बन्दै आएको अक्सफोर्ड एक ब्रान्ड बनिसकेको हुँदा अभिभावक तथा विद्यार्थीको आकर्षण बनेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए । अक्सफोर्ड माविमा बिहानी तथा दिवा समयमा गरी कक्षा ११ र १२ को विज्ञान, ब्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा करिब १७ सय विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयका प्राध्यापक सुमन भुसालले जानकारी दिए ।
केही दिनदेखि विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति विद्यालयमा बढेको हुँदा एसईई रिजल्ट आएको छोटो समयमै भर्नालाई बन्द गर्नुपर्ने अवस्था आउने बताउँदै संख्यात्मक भन्दा गुणात्मकतालाई ध्यान दिएको बताए । अहिले खासगरी बुटवलकै धेरै विद्यालयका विद्यार्थी तथा गुल्मी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र नवलपरासी जिल्लाका विद्यार्थीहरू भिजिट गरिरहेको हुँदा भर्ना खुलेको २ दिनमै भर्ना बन्द गर्नु पर्ने अवस्था आउने आँकलन गर्दै त्यसको तयारीमा आफूहरू जुटेको प्राध्यापक सुमन भुसालले जानकारी दिए ।