© २०२३
कपिलवस्तु असार होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले संगठन बिस्तार कार्यलाई तिब्रता दिएको छ । सोहि क्रममा संघले कपिलवस्तु नगरपालिका स्तरीय समिती गठन गरेको छ । नगरस्तरीय व्यवसायीको भेलाले टामलाल खनालको अध्यक्षतामा ९ सदस्यिय कपिलवस्तु नगरपालिका स्तरीय कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा निम बहादुर खड्का, सचिवमा राजेश चौधरी, कोषाध्यक्षमा बिरेन्द्र कुमार गुप्ता र सदस्यहरुमा धन बहादुर थापा, राकेश गौड, बिर्ख बहादुर तामाङ्ग, मनोज केसी र गौरीशंकर कलवार चयन भएका छन । नगरस्तरीय समिती गठन कार्यक्रममा सहभागी संघका जिल्ला अध्यक्ष रविन्द्र पौडेल, महासचिव रोमलाल पौडेल, नगर संयोजक दिलक सुनार लगायतले होटल तथा पर्यटन व्यवसायीले सेवा र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताए ।