© २०२३
बुटवल, असार । पाल्पा रामपुरमा जन्मिएकी लोक दोहोरी गायिका आरति रुचाल निरन्तर लोक दोहोरी कर्ममा रमाईरहेकी छिन । उनको स्कुले जीवन पाल्पा रामपुरमै बित्यो । स्कूलमा हुदा गित गुनगुनाउने आरतिलाई गायीका बन्ने सपना थियो । त्यसपछि आफ्नो घर छोडेर एसएलसी पछि उनि बुटवल आईन । बुटवलमा उनले संगित साधनासंगै गोधुली रोदीघरमा गायिकाको रुपमा काम गर्न लागिन । गायिका रुचालले गीत संगीतमा लाग्नेका लागी दोहोरी साझ पवित्र मन्दिर रहेको बताउछिन । उनि भन्छिन —‘दोहोरी साझ भनेको गीत संगीतमा लाग्नेको लागी त पवित्र मन्दिर हो, म सधै सम्मान गर्छु ।’ बिगत ६ बर्ष देखि उनि लोक संगीतको कर्ममै रमाईरहेकी छन । उनको अहिलेसम्म दिनदिनै भए त भेट, माया मिसाउनी, पुतली, केहीछैन रमाईलो यस्पालीको तीज, लामो दारीमा लगायत गीतहरु बजारमा आईसकेका छन । उनले भारतका बिभिन्न ठाउ र नेपालका बिभिन्न जिल्लाहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिने क्रममा भ्रमण गरेकी छन । उनी हाल बुटवल कालिकानगरमा रहेको खस्यौली रोदी क्लबमा काम गर्दै आईरहेकी छन ।
उनले गत बर्ष चैत्र महिनामा सम्पन्न भएको दोश्रो ‘बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९’ मा सर्बो–उत्कृष्ट लाईभ दोहोरी गायिकाको अवार्ड हात पार्नसफल भएकी छन । एउटा कलाकारलाई अवार्डले ठुलो महत्व राख्दछ । उनि अवार्ड प्राप्त गरेपछि निकै खुसि भएको र अझ निरन्तर कलाकारितामा लाग्ने उनले बताउछिन ।