ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

मल काण्ड थप रहस्यमय बन्दै

८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

पाल्पा, ८ असार ।

रामपुर नगरको मुख्य बजारमा रहेको विजय श्रेष्ठको घरमा भारतीय कम्पनीको कमसल र कम तौल भएको ६ सय बोरा युरीया मल भेटिएको प्रकरण थप रहस्यमय बनेको छ ।

रामपुर नगरका दाना चल्ला व्यवसायी किर्तिनाथ श्रेष्ठले सटर भाडामा लिएर अवैध रुपमा भण्डारण गरेको मल राजश्व विभागले अनुसन्धान गर्ने क्रममा आफ्नो नभएको र घर भाडामा नलिएको किर्तीनाथले साविती बयान दिएपछि यो प्रकरण थप रहस्यमय बनेको हो ।

अवैध तथा गैरकानुनी रुपमा ठुलो परिमाणमा भण्डारण गरेको भन्ने सुचना पाएको आधारमा नगरको उप प्रमुख, रामपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालयले संयुक्त रुपमा अनुगमन गर्दा ठुलो परिमाणमा युरीया मल भेटिएको थियो ।

घर भाडामा दिएका विजय श्रेष्ठलाई षडयन्त्र पुर्वक फसाउने मनसाय राखेका किर्तीनाथ श्रेष्ठले मल ढुवानी गरेको ट्रकबाट अनलोड गर्ने कामदारलाई लक्षित गरी अनुसन्धान टोलीले अनलोड गर्ने टोलीका नेता भोटे नेपालीलाई बयान लिएपछि थप रहस्य खुलेको हो ।

भोटे नेपालीले व्यवसायी किर्तीनाथ श्रेष्ठको गोदाममा ६५० बोरा अनलोड गरेको र २ सय बोरा अर्को मिनी ट्रकमा लोड गरी काठमाडौं पठाएको बयान दिएपछि यसको थप रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मण देवकोटाले जस्ताको तस्तै बयान दिए पछि अनुसन्धानको प्रकृया साँघुरिदै गएको बताए ।

फर्जी बिल तयार गरेर ल्याएको मल भण्डारण गरेको बखतमा भेटिएको मलको सवालमा फर्जी बिलमा प्रयोग गरेको स्थायी लेखा नम्बर कार्भोका व्यापारीको नाममा भेटिएको राजश्व अनुसन्धान कार्यालयका अनुसन्धानमा संलग्न कर्मचारी बताउँछन् । “यो सरासर गलत हो यस विषयमा राजश्व चुहावट ऐन अन्तर्गत कानुनी कारवाही हुने छ”–अनुसन्धानमा संलग्न ती कर्मचारीले भने । “आरोपित किर्तीनाथ श्रेष्ठले आफुले मल भण्डारण नगरेको बयान दिए पनि अनलोड गर्ने कामदारले नै किर्तीनाथ श्रेष्ठकै भएको र यहाँबाट अन्यत्र समेत निर्यात गरेको रहस्य खुलाइदिएपछि यो भन्दा ठुलो प्रमाण अरु केही हुँदैन”– उनले भने । यस्ता गलत तथा राजश्व छली गर्नेलाई कानुनी दायरामा ल्याउनुको सट्टा मुद्दालाई कमजोर बनाउन राजनैतिक दलका जिम्मेवार व्यक्ति लागि परेको र अव दवावका कारण मुद्दा कमजोर नहुने प्रहरी श्रोतको दावी रहेको छ ।

स्थानीय सरकारका उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक बाल कुमारी थापा पनि राजश्व छली गर्ने कृयाकलापमा संलग्न व्यवसायी तथा फर्मका प्रतिनिधिलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउँछिन् । “यस्ता गलत कार्यमा जो कोही संलग्न भए पनि मुद्दालाई कमजोर होइन बलियो बनाउनु पर्दछ”–उनले भनिन ।

व्यवसायी किर्तीनाथ श्रेष्ठले विगत वर्षहरुमा समेत अवैध कारोबारमा संलग्न भएको हुन सक्ने भएकाले अस्वाभाविक रुपमा सम्पत्ती आर्जन गरेकाले उनको सम्पत्ती समेत छानविन गर्नु पर्ने स्थानीयहरुको माग रहेको छ । रामपुरको रामपुर सहकारी संस्थाको जिम्मेवार पदमा रहेका किर्तीनाथले गण्डकी उपत्यकादेखि अन्य जिल्लामा समेत चोरी निकासीबाट भित्रिएको युरीया मलको कारोबार मात्र नगरी अवैध रुपमा कुखुराको ओसार पसार गर्ने क्रममा दाउन्नेमा ठुलो परिमाणमा बोइलर बुखुरा प्रहरीले बरामद गरी नष्ट गरी दिएको प्रहरी श्रोतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?