ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बर्दियाकी चन्द्रा बनिन तेस्रो लुम्बिनी एकल लोक गीत प्रतियोगिताको विजेता

८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

बुटवल, असार ।   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले चुमेकी छन् । विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना अन्तिम प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधीसँगै ५१ हजार १ सय ११ रुपैयाँ नगद हात पारिन । बाँकेका चन्द्रबहादुर बिश्वकर्मा प्रतियोगितामा द्वितीय हुँदै ३१ हजार १ सय ११ रुपैयाँ नगद हात पारेका छन् भने रुपन्देहीका मधु परियार तृतीय हुदै नगद २१ हजार १ सय ११ रुपैयामा चित्त बुझाए । सात्वना स्थान हासिल गरेका रोल्पाका प्रगती विष्ट क्षेत्रीले ५ हजार १ सय ११ रुपैयाँ जितिन । उपाधी विजेता ४ जनाले चर्चीत संगितकार खेम सेन्चुरीको एल्बममा गित गाउन तथा अभिनयका लागि अवसर पाउने छन् । प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले पुरस्कार वितरण गरिन् ।
प्रतियोगिताका संयोजक नारायण विपी परियारका अनुसार प्रतियोगितामा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा १ हजार २३ जना बढी सहभागी भएका थिए । डिजिटल तथा लाइभ अडिसनबाट फाइनलिस्टहरु छनोट गरिएको थियो । लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट एक जना तथा अन्य जिल्लाबाट २÷२ जना फाइनलिष्ट छनोट गरिएको थियो । यसैगरी प्रतिष्ठानले विश्व संगीतको दिवसमा लुम्बिनीमा कलाकार हित कोष स्थापना गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले हितकोषको ब्यानर खोलेर उद्घाटन गरिन् । लुम्बिनी प्रदेश अन्तरगत रहेर कलाकारिताका क्षेत्रमा काम गर्नेहरुको सामाजिक सुरक्षा तथा उनीहरुको हितका लागि कोषको स्थापना गरिएको प्रतिष्ठान लुम्बिनी अध्यक्ष दिपु मगरले बताए । आफ्नो कार्यकालमा हितकोषलाई कम्तिमा १० लाख पुर्याउने लक्ष्य रहेको उनले बताए । यसैगरी प्रतिष्ठानको भवन निर्माणलाई समेत पूर्णता दिने उनले उल्लेख गरे । विभिन्न सामाजिक संघ–संस्था तथा लोक दोहोरी क्षेत्रमा लागेका व्यक्तिहरुबाट सहयोग संकलन गरी हित कोष स्थापना गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?