© २०२३
बर्दघाट, असार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पश्चिम नवलपरासीले वृक्षारोपण गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ त्रिवेणी चोकमा रहेको स्वर्गिय लोक बहादुर स्मृती पार्कमा ४२ औँ विश्व सँगित दिवस पारेर धुपी, पारिजात, गुलमोहर, अशोका लगायतका विरुवा रोपिएको हो । बर्दघाट नगरपालिकाका नगर प्रवक्ता सन्त बहादुर गाहा बोल्दै े बर्दघाट नगरको गहनाको रुपमा रहेका स्वर्गिय लोक बहादुर क्षेत्री कलिलै उमेरमा दिवँगत भएपनि लोक सँगित क्षेत्रमा उनको नाम सधै उँचो रहने बताए । गाहाले पार्क सँरक्षणको लागि आगामी आर्थिक वर्षको बजेटमा ५ लाख रुपैया विनियोजित भएको बताउँदै आगामी दिनमा पार्कलाई ब्यवस्थित गर्न नगरको सहयोग रहने बताए । उनले वृक्षारोपण गरेर मात्र नहुने र रोपिएका विरुवा हुर्काउन पनि उत्तिकै आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजकुमार श्रेष्ठले लोक सँस्कृतिको जगेर्नाको लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले लोक बहादुर स्मृति पार्कलाई ब्यवस्थित गर्न स्थानिय सरकार र स्थानियवासी सँगै सबैले हातेमालो गर्नुपर्ने बताएका थिए ।वृक्षारोपण कार्यक्रमा प्रतिष्ठानका सदस्य, स्थानियवासीको सहभागिता रहेको थियो ।