ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

सिमा कडाईबाट सरकारलाई दैनिक ३ लाख राजश्व

८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

भैरहवा,  असार ।  भारतको सुनौली नाका कडाइ गर्दा राजस्व संकलनमा वृद्धि भएको छ । नेपाली उपभोक्ताहरुले एक सय रुपियाँ भन्दा बढीको सामान ल्याउंदा राजस्व तिर्नुपर्ने नियम बनाएको थियो । अहिले भैरहवा भन्सार कार्यालय बेलहियाले एक सय रुपैयाँ भन्दा बढिको सामान ल्याउँदा अनिवार्य रुपमा भन्सार लिदै आएको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघले नेपालको ब्यापार वृद्धि गर्न र राजस्व समेत संकलन हुने अपेक्षा सहित भन्सार निति कडाइका साथ पालना गर्न आग्रह गरेको थियो । नेपालले भन्सार नितीलाई कार्यान्वयन गर्दा भारतीय ब्यापारीहरुलाई भने टाउको दुखाइ बनेको छ । उनिहरु नेपालका उद्योगी ब्याबसायीले भन्सार निती कार्यान्वयन गराएको भन्दै विभिन्न तथ्यहिन आरोप समेत लगाएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले चोरी तस्करीका सामग्री खरीद तथा विक्री नगर्न व्यवसायीलाई आग्रह गरेको छ । संघले चोरी तस्करीका घटनाहरु सुनिने गरेकाले यसतर्फ चनाखो हुन सुरक्षा निकाय तथा प्रशासनसँग आग्रह गरेको हो ।
संघले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्थानीय बजारमा पाइने सामानहरु स्थानीय बजारमै खरीद गर्ने बानी बसाल्न सर्वसाधारणलाई आग्रह गरे । उनले भने, ‘ भैरहवा भन्सारबाट १ सय रुपैयाँभन्दा बढीको सामान खरीद गरी ल्याउदा संक्षिप्त प्रज्ञापन भरेर कर भुक्तानी अनिवार्य गर्ने पुरानो नीतिनियम कार्यान्वयवन गरेकोमा यसको स्वागत गर्दछौं ।’ स्थानीय बजारमा खरीदारी गर्दा बिल बिजक अनिवार्य रुपमा लिनेदिने गर्न उनको आग्रह छ । अध्यक्ष श्रेष्ठले भने, ‘यसमा उपभोक्ता र विक्रेता दुवैलाई हामी आग्रह गर्न चाहन्छौं ।’ बेलहिया नाकामा कडाइ गरिएसँगै अन्य विभिन्न नाकामासमेत कडाइ सुरु गरिएको उनले बताए । यसले स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुगेको श्रेष्ठले बताए । अवैध व्यापारलाई संघले प्रोत्साहन नगर्ने र निरुत्साहित गर्ने बताउंदै अध्यक्ष श्रेष्ठले सीमामा कडाइ गरिदा केही भारतीय व्यवसायीले नेपाली व्यवसायीप्रति भ्रम फैलाएको भन्दै व्यवसायीमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारे । संघले नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिमा चालू पूँजी कर्जासम्बन्धी व्यवस्थाले बजार चलायमान नहुने अवस्था सिर्जना भएकाले तत्काल कार्यान्वयन नगरी हाललाई सो व्यवस्था गर्नुपर्ने र आगामी मौद्रिक नीतिमा नयाँ व्यवस्थाको माग गरेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले प्रवृत्तिलाई निरुत्साहित गरेको बताए । यात्रुले ल्याएको सामानबाट राजस्वमा ठुलो योगदान गर्दैन नेपालमै किन्ने बानी बसोस भनेर गरेको हो पुरानो नितीलाई मात्रै कार्यान्वयनमा ल्याइएको पौडेलले बताए ।
‘पारी जाने मान्छे धेरै कम भएका छन् ।’ पौडेलले थपे —‘अब हामी पछि हट्दैनौ ।’ नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले नाकामा भएको कडाइको विरोध भन्दा समर्थन धेरै भएको बताउंदै उद्योग बाणिज्य संघलाई भारतीय ब्यापारीहरुले नभएको आरोप लगाएको बताए ।उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महासंघको उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले सीमा नाकामा सुरु भएको कडाइले नतिजा दिन केही समय लाग्ने भएकाले धैर्य गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सीमा नाकामा कडाइ हुँदा राजस्व संकलनमा वृद्धि भएको र विभिन्न बिकृति कम भएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले नियमअनुसार नै भन्सार कार्यालय अघि बढेको बताउंदै यस कार्यले समग्र देशलाई नै हित गर्ने बताए । संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गर्दै आएको बताउंदै ठुला ब्यापारी तस्करमा संलग्न हुन नसक्ने तर्क गरे । लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले स्वदेशी व्यवसायीले उपभोक्तालाई स्वदेशमै सामान किन्न उद्योग बाणिज्यसंघले आकर्षित गर्नुपर्ने बताइन । बजेटमार्फत कृषिलाई टेवा दिन प्याज र आलु आयातमा मूल्य अभिवृद्धिकर लगाउने घोषणाले स्वदेशी कृषकहरुलाई फाइदा पुग्ने भए पनि यसबाट अहिले नै मूल्यवृद्धि भइरहेको अवस्थामा एउटा निश्चित समय तोकी आत्मनिर्भर भएपछि मात्रै आलु र प्याजमा मूल्य अभिवृद्धिकर लगाउनुपर्ने संघको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?