ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
टुडे कुराकानी

म बनाउँछु मेरो छत्रेश्वरीको अभियानमा केन्द्रित छु

८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

स्थानीय तह निर्वाचनबाट छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा विकास र समृद्धिको मार्ग निर्माण गर्ने भन्दै ओज बहादुर बुढाथोकी विजयी बने । उनले छत्रेश्वरीको विकासको लागि एक वर्षको चुनावी प्रतिवद्दता अनुसार काम गरिरहेको बताउँदै आएका छन् । प्रस्तुत छ, बर्षदिनको अबधीमा गरेका कामको उपलब्धी, पर्यटन क्षेत्रको विकास लगाएतका विषयमा केन्द्रीत रहेर छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष बुढाथोकीसंग बुटवल टुुडेकर्मी शंकर केसीले गरेको कुराकानी ।

छत्रेश्वरीको विकासका लागी के—के काम भईरहेका छन् ?
–हामीले नागरिकलाई स्थानीय सरकारको अनुभुति दिलाउने गरी काम गर्ने अधिकतम प्रयत्न गरिरहेका छौँ । स्थानीय तहको निर्वाचनमा हामी निर्वाचित भईसकेपछि विकास निर्माणका कामहरु तथा आबश्यक नीति निर्माणका कामहरु भई रहेका छन्् । विगत सरकारले शुरु गरेका र क्रमागत रहेका योजनाहरुको निरन्तरता भईरहेको छ भने निर्वाचनको समयमा हामीले नागरिक सामु गरेका पतिबद्धताहरु क्रमिक रुपमा पुरा गर्ने उदेश्यका साथ कामहरु भ्रईरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, खानेपानी, सिँचाई, सडक, मानवीय संसाधन तथा बिभिन्न पुर्वाधारका कामहरु भइृरहेका छन्् ।
तपाईले पदभार सम्हालेपछिको एक बर्षको उपलब्धीलाई कसरी लिनुहुन्छ ?
– संघिय लोकतानत्रीक गणतन्त्र पछिको दोश्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई पहिलो पटक नागरिकको सेवकको रुपमा काम गर्ने अवसर पाउँदा खुशी महसुस गरेको छु । नागरिकका आम समस्याहरुको पहिचान र सम्बोधनका लागी काम गर्ने तिब्र इच्छा चाहनाले यस भन्दा अगाडीको निवार्चनमा म अध्यक्ष पदको पतिष्पर्धि थिएँ । थोरै मतान्तरले पराजीत भएँ । फेरी पनि सामाजिक काममा निरन्तरता, नागरिकसँगको सामीप्यता, पार्टी कामलाई ब्यवस्थित तरिकाले सञ्चालन र राजनैतिक त्याग र समर्पणले छत्रेश्वरीका आम मतदाताहरुले समृद्ध गाउँपालिका निर्माण गर्ने जुन जिम्मेवारी दिनुभएको छ, त्यसलाई आत्मसाथ गरि अगाडी बढिरहेको छु । शुरुमा केहि अलमल, अप्ठेरो जस्तो र निर्वाचन लगत्तै नयाँ बजेट निर्माण गर्नु पर्ने कार्यले जटिलता महसुस भएपनि सहकर्मी साथीहरु, कर्मचारी साथीहरुको सहयोगले विस्तारै काममा सहजता भएको छ । जटिलता र चुनौती हुदाहुदै संभाववनालाई बोकेर अगाडी बढिरहेको छु । यसभन्दा अगाडीको सरकारको पहलमा भए गरेका जे जति उपलब्धिहरु छन् तिनिहरुको रक्षा र निरन्तरतामा ध्यान दिई थप उपलब्धिहरु प्राप्तीको दिशामा अगाडी बढेको छु ।
यस अवधिमा सडक निर्माण, खानेपानी, सिचाई कुलो निर्माण, बिभिन्न विद्यालय भवन निर्माण लगायत मानवीय विकासका थुपै्र कामहरु भएका छन्् । शंखमुल खर्सुवास सडक निर्माण करिब ९० प्रतिशत सकिएको छ र अबको १०– १५ दिनमा खर्सुबास जोडिन्छ । चाख्ले रातामाटा निगाल्चुला सडक निर्माणको काम भएको छ । दारिमज्युला खारखोला पुरानापानी कोर्बाङ्ग कोट खडगदेवी मन्दिर जोडने सडक निर्माण कार्य सम्पन्न भएको छ । खडगदेवी मन्दिर घेरबार तथा पर्खाल निर्माण सम्पन्न भएको छ । वडास्तरबाट थुपै सडकहरु विस्तार र मर्मतका कामहरु भएका छन् । बिभिन्न वडाहरुमा खानेपानी योजना निर्माण र मर्मत संभारका काम भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत त्रिभुवन जन मा.वि. छत्रेश्वरी ६ भोटेचौरमा ४ कोठे, लक्ष्मी मा.वि. छत्रेश्वरी ४ जयचौरमा ४ कोठे र छत्रेश्वरी १ सिन्दुरेमा २ कोठे भवन निर्माण भएका छन् । जलवायु अनुकुलन परियोजना अन्तर्गत वडा नं ३ को दारिमज्युला सिँचाई कुलो, वडा नं १ को दमाचौर ज्युलामा सिँचाई कुलो र वडा नं ५ को कापेचौरमा सिँचाई पोखरी निर्माण भएको छ । वडा नं ५ को लृेखनाचौर गरिपारेमा फिल्ड निर्माण तथा सामुदायिक भवन निर्माण भएको छ भने वडा नं ६ मा कृषि हाटबजार स्टल, ओम शान्ती भवनको निर्माण कार्यभईरहेको छ ।
छाडारुपमा रहेका पशु चौपायाहरुको ब्यवस्थापनका लागी भोटेचौरमा गौशाला निर्माण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम(सामी) अन्तर्गत बैदेशिक रोजगारीमा गएका ब्यक्तिका परिवारहरुका लागी मनोसामाजिक परामर्श, बित्तिय साक्षरता कक्षा सञ्चालनका साथै बैदेशिक रोजगारीमा गएकाहरुको प्रोफाईल बनाउने काम भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्श तथा मानसिक रोगीहरुको पहिचान तथा औषधी उपचारको कार्य भईरहेको छ । स्वास्थ्य शाखा अन्तर्गत बिभिन्न गतिविधहरु सम्पन्न भएका छन् । आंग खस्ने महिलाहरु र पाठेघरको मुखको क्यान्सर, गर्भवती महिलाहरुको लागी भिडियो एक्सरे लगायतका सेवाहरु प्रारम्भ भएका छन् ।

छत्रेश्वरी त धार्मिक तथा पर्यटकीय दृष्टिबाट महत्वपुर्ण मानीन्छ । यो क्षेत्रको एकिकृत विकासका लागी योजना के छ ?
– छत्रेश्वरी गाँउपालिकामा बिभिन्न मठ मन्दिरहरु रहेका छन् । तिनिहरुको संरक्षण र सम्बर्धनका लागी सकारात्मक सोचका साथ अगाडी बढेका छांै । अहिले छत्रेश्वरी मन्दिरमा स्ल्याब निर्माणको काम भएको छ । यसै गरि खडगदेवी मन्दिर जोडने बाटो र घेरबार निर्माण भएको छ । यसै गरि छत्रेश्वरी सतिपिठ अन्तर्गत शिवरात्री मेला ब्यवस्थापनका लागी आर्थिक ब्यवस्थापन गरिएको छ भने तल्लो पिशाचेश्वर मन्दिरमा घेरबार तथा गेट निर्माण गरिएको छ । साथै अन्य क्षेत्रका पर्यटकिय क्षेत्रको विकास र विस्तारका लागी पहल भईरहेको छ ।
अबको नयाँ नीति तथा कार्यक्रम र बजेट कुन क्षेत्रमा बढी केन्द्रित होला ?
– छत्रेश्वरीको समग्र विकासका र दिगो विकासका लागी “म बनाउछु मेरो छत्रेश्वरी” को नारा लिएर अगाडी बढेका छौ । यसको सार्थकताका लागी सरकारी, गैर सरकारी, निजी क्षेत्र, नागरिक समाज, पत्रकार र विकास साझेदारहरुको सहकार्य, समन्वय र साझेदारी आबश्यक पर्दछ । केहि साझेदार संस्थाहरु सँग साझेदारीमा काम पनि भईरहेको छ । अबको नीति तथा कार्यक्रममा कृषि, पशु, स्वास्थ्य, पर्यटन, भौतिक पुर्वााधर विकास, मानव संसाधन, लघु उद्यम, सहकारी प्रवद्र्धन, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखीने छ ।
शिक्षा क्षेत्रको सुधारका लागी के काम गर्नु भयो ? अबको योजना के छ ?
– शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षाका लागी गाँउपालिका क्रियाशिल भईरहेको छ । पठनपाठनलाई व्यवस्थित गर्नका लागी नियमित रुपमा प्रधानाध्यापकहरुको बैठक, परामर्श गरिएको छ । निर्वाचनको वेला गरिएका बाचाहरु त्रमशः पुरा गर्न लागीरहेका छौं । शुन्य दरबन्दी भएका आधाभुत तथा मा.वि. हरुमा शिक्षक (गणित, विज्ञान र अंग्रेजी) को व्यवस्था गरिएको छ । सबै विद्यालयहरुको अनुगमन गरि शिक्षक दरबन्दी मिलानको कामलाई अगाडी बढाउने कोशिस गरिएको छ । बालविकास शिक्षक र बिद्यालय सहायकहरुको लागी न्यनतम पारिश्रमिकको व्यवस्था गरिएको छ । प्राविधिक शिक्षाको विकास र पढ्दै कमाउदै कार्यक्रमलाई अगाडी बढाईएको छ ।

संघिय सरकार र प्रदेश सरकारबाट पाप्त हुने अनुदानको बारेमा के धारणा छ ?
– संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान एकदम न्युन छ । अहिले त झन अन्तिम निकासा वापत आउने रकममा ५० पतिशत रकम कटौती गर्ने सरकारको निर्णयले सम्पन्न भएका योजनाहरु भुक्तानीमा ठुलो असर परेको छ । स्थानीय जनसमुदायका ईच्छा, चाहनाहरु धेरै छन् । स्थानीय सरकार नागरिकको नजिकको सरकार चुलोको सरकार हो । नागरिकले सरकारबाट ठुलो अपेक्षा गर्दै गर्दा सिमित साधन श्रोतबाट सबै काम गर्न सक्षम नहुने भएकोले संघिय र प्रदेश सरकारले स्थानीय सरकारलाई दिने अनुदानका बृद्धि गर्न आबश्यक छ ।

काम गर्दा भएका समस्या र चुनौती छन् ?
– हामी स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित हुदै गर्दा शुरुमा केही अन्यौलता जस्तो भएता पनि विस्तारै लयमा लागेका छौ । काम गर्दा समस्या, अप्ठयाराहरु र चुनौतहिरु नआउने, नहुने हुदैन । हरेक समस्या र चुनौतीहरु सँग जुझदै अगाडी बढनु पर्दछ । विधि, पद्धती र नियम कानुन अनुसार काम गर्दा सबै समस्याको समाधान हुन्छ । कर्मचारी साथीहरु र निर्वाचित जनपतिनिधिहरुबाट सहयोग भईरहेको छ । हालसम्म भएका कार्यपालिकाका निर्णयहरुमा कुनै विवाद छैन, सर्वसम्मत भएका छन् । सबै मिलेर “म बनाउछु मेरो छत्रेश्वरी” को अभियानलाई तिब्रताका साथ अगाडी बढाईरहेका छौं । दक्ष जनशक्ति र दरबन्दी अनुसारका कर्मचारीहरुको अभाव चुनौतीको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?