ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

‘कपी पेष्ट’ मै बन्छन्, स्थानीय सरकारका प्रोफाईल

हुदै नभएका ठाउँ र पर्व नै मुख्य प्राथमिकतामा
८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

बुटवल , असार ।  लुम्बिनी प्रदेशमा १ सय ९ वटा पालिका छन् । ती पालिकाका अधिकांस पालिका परिचय, प्रोफाईलमा कफि पेष्ट गरिएको छ । पालिकामा अधिकृत स्तरका सूचना प्रविधी शाखा प्रमुख, कुनै कुनैमा प्राविधिक सहायक समेत रहेका छन् । तर ती सूचना प्रविधि शाखाका अधिकांस वेभसाईटमा उल्लेख गरिएको प्रोफाईलमा कुनै पालिकाको कपी गरेर भरिएको पाइएको छ ।
लुम्बिनी प्रदेशका केही पालिकाको वेभसाईटमा र परिचय पुस्तिका बारेमा गरिएको अध्ययनमा स्थानीय भुगोल, धर्म सस्कृती वा स्थानीय पहिचान नै भुलेर अन्य पालिकाको कपि गरि राख्ने गरिएको पाइएको छ । बाँके जिल्लाको खजुरा गाउँपालिका देशकै नमुना गाउँपालिकाको रुपमा पहिचान बनाएको पालिका हो । यो तराईका जिल्लामा पर्दछ । तर पालिकाको प्रोफाईलमा जहा गुफा र पहाड रहेको उल्लेख छ । हास्यपद् कुरा त के छ भने जहाँ पहाड नै छैन, त्यहाँको पर्यटकीय स्थलको रुपमा गुफा रहेको उल्लेख छ ।
खजुरा गाउँपालिकाको पाश्र्वचित्र २०७५ मा उल्लेख भए अनुसार ‘हरियाली पहाडी मनोरम दृश्य यहाँको विशेषताको रुपमा रहेको छ ।’ भनी उल्लेख गरिएको छ । सोही पाश्वचित्रमा उल्लेख गरिएको छ –‘प्राकृतिक मनोरम दृश्य केही मठ मन्दीर गुफाहरु रहेका छन् ।’
बर्दियाको राजापुर गाउँपालिकाले अहिले पनि बेभसाईडमा साविक प्रदेश ५ नै उल्लेख छ भने पालिका भित्रका धार्मिक, पर्यटकीय गन्तव्यको कुरामा अधिकांस नेपालकै कुरा गरिएको छ । पालिकामा के छ भन्ने कुरा पाश्र्वचित्रमा उल्लेख छैन । वि.स. २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक भएको पनि लामो समय भएको छ तर यो पालिकाको वेभसाईटमा २०७७ सालको घरधुरी सर्वेक्षण प्रतिवेदनको तथ्यांकलाई जनसंख्याको रुपमा राखीएको छ ।
प्यूठानको माण्डवी गाउँपालिकाले बनाएको पालिकाको पश्र्वचित्र, परिचय पुस्तकमा बर्दियाको राजापुर गाउँपालिकाले बनाएको वा उल्लेख गरेको भाषा नै कपि पेष्ट गरिएको छ । जसमा पालिका प्यूठान जिल्लाको पहाडी जिल्ला हो । जहाँ अन्तराष्ट्रिय स्तरको हवाई यातायाताका संभावना छैन भन्दा पनि हुन्छ । तर यो पालिकाको पाश्र्वचित्रमा ‘अन्तर्राष्ट्रिय हवाई यातायात सेवा लगायत पर्यटन सेवासँग सम्बद्ध सबै प्रकारका पूर्वाधार विकास गर्दै पर्यटन सेवा उद्योगको संख्यात्मक एवं गुणात्मक वृद्धि गर्नु आवश्यक छ ।’ कुरा उल्लेख गरिएको छ । जुन अन्य पालिकाबाट कपि गरिएको अधिकांस शब्द, वाकांश समावेश गरिएको छ । माण्डवीको चार्डपर्वमा भ्यालेन्टाईन डे राखिएको छ, जुन अन्य पालिकामा पनि सोही नै छ । अर्थात माण्डवीको यो चिनारी पनि अन्यबाट नै कपी गरिएको हो । पालिका भित्रको स्थानीय पहिचानबारेमा अध्यायन नै नगरी राख्ने गरिएको पाइएको हो । लुम्बिनी प्रदेशमा रहेका ४ वटा उप महानगरपालिका मध्ये बुटवल उपमहानरपालिकाको प्रोफाईलमा पनि रोचक कुरा छन् । बुटवल उपमहानगरापलिकाको मुख्य चार्डपर्वको रुचिमा भ्यालेन्टाईन डे, नयाँ बर्ष राखिएको छ । पालिकाको मुख्य चार्डपर्वमा विसु तिहारे पर्व समेत समावेश गरिएको छ । जुन विरु पर्व सुदुरपश्चिम क्षेत्रमा मनाईने चार्ड पर्व हो । बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ । देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरुले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । बुटवलमा यो पर्व मनाउने समुदाय नै छैनन भन्दा पनि हुन्छ ।
बुटवल उपमहानरपालिका कै परिचयमा उल्लेख भएको ओल्के संक्रान्ति नेपालको सुदूर पश्चिम क्षेत्रमा मनाइने एक पर्व हो । यो पर्व भदौ महिनाको एक गते सम्मानित व्याक्तिहरूलाई उपहार दिएर मनाइन्छ । डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । यस्तो सम्मानोपहार दिने “विशेष दिन” नै ओल्के संक्रान्तिका नामले सुदूर–पश्चिममा धुमधामसंग मनाइन्छ । यो पर्व सिंह संक्रान्ति अर्थात् भाद्र १ गते पर्दछ । नगरपालिकाको यो परिचय पुस्तकमा उल्लेख गरिएका अधिकांस पर्व, सस्कृत सुदुरपश्चिम प्रदेशको कुनै पालिकाबाट कपि गरिएको प्रष्ट हुन्छ ।
भुगोल तथा वातारण क्षेत्रका जानकार अध्येता युवराज कण्डेले स्थानीय तहलेको पश्वचित्र, प्रोफाईलको विषयमा आफुले नि अध्यायन गरेको जानकारी दिदै अधिकांस पालिकाका पाश्वचीत्र कपि पेष्ट नै भएको बताउँछन् । उनले लुम्बिनी प्रदेशमा रहेका पालिकाको विषयमा अध्यायन गर्दा अधिकांसपालिकाका प्रोफाईल एउटै रहेको बताए । उनले भने– ‘यो बनाउने जिम्मा एउटै कम्पनीको हुने रहेछ क्या हो, अधिकांसको शब्द चयन, वाकांस, उल्लेखीत अन्य विषय बस्तु पनि एउटै हुने गरेको छ ।’
पालिका भित्र रहेको विशेषता, अवस्था वा धर्म संस्कृति पर्वको अध्यायन नै नगरी कपि पेष्ट गरि निर्माण गरिएको पाइएको भन्दै उनले यसले दीर्घकालीन असर समेत पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?