ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

उपमहानगरको योजनालाई सडकबाट गिज्याउँदै ‘छाडा चौपाया’

उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७५ निर्माण गरेर छाडा चौपायालाई नियन्त्रण गर्ने भनेको छ तर व्यस्त सडकमा छाडा चौपाया स्थानीय सरकारको निर्देशिकालाई गिज्याइरहेका भेटिन्छन् ।
८ असार २०८०, शुक्रबार
८ असार २०८०, शुक्रबार

बुटवल, असार  बुटवल देविनगरकी जानकी थापा सडकमा रहेको गाईको बाच्छा ठोकिदा स्कुटर दुर्घटनामा परिन । दुर्घटनामा उनलाई सामान्य चोटपटक लाग्यो । आफुले सुस्त र ध्यानपूर्वक चलाएका कारणले सामान्य चोट लागेको बताउँछिन् । थापा भन्छिन्, म अलि बढि गतिमा भएको भए दुर्घटना ठुलो हुन सक्थ्यो ।
बुटवल दीपनगरका कुमार शर्मा गएको हप्ता मिलनचोकमा दुघटनामा परे । गोरु जुधेका थिए, एक्कासी आए म लड्न पुगे वरिपरिका रहेका व्यक्तिले उठाए । मलाई चोट त लागेन तर मोटरसाईकलमा मर्मत गर्नुपर्ने भयो । यी छाडा गाईगोरुले दिनहु जसो समस्या पारेको बताए । यो सडकमा म मात्र होई अरु पनि यसरी सामान्य दुर्घटनामा पर्ने गरेको उनको तर्क छ ।
जानकारी र कुमार मात्रै होइन बुटवलको व्यस्त बजारका पसले, सडकमा गुड्ने गाडी देखि ग्रामीण बस्तीका किसानसम्मलाई छाडा चौपायाले हैरान बनाएका छन ्। अधिकार सम्पन्न स्थानीय सरकार बनेको यति धेरै वर्ष भइसक्दा पनि बजार, सडक, गाउँबस्ती, खेतबारी जताततै भेटिने छाडा चौपायाका कारण विभिन्न समस्या तथा दुर्घटना हुने गरेका छन् ।
यहाँका सबै जनप्रतिनिधिले निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनलाई मुख्य अजेन्डा बनाएका थिए । शुरु गरे पनि त्यसको सकारात्मक प्रभाव कम देखिन्छ । स्थानिय तहले करोडौं रकम छाडा चौपाया व्यवस्थापनका नाममा खर्च गरिए पनि उपलब्धि भने जस्तो देखिएको छैन ।
छाडा चौपायाका कारण बुटवलको ग्रामीण बस्तीका साथै छिमेकी नगरपालिका तिलोत्तमानगरपालिका देवदह नगरपालिका त्यसै गरी सैनामैना नगरपालिकाका किसानहरुलाई अन्नबाली जोगाउन मुस्किल छ । खेतीपाती लगाए पनि जोगाउन मुस्किल परेको बुटवल १९ मोतिपुरका किसान माया खत्रीले बताईन । उनले छाडा चौपायाबाट खेती जोगाउन तारबार त गरेका छौ तै पनि समस्या छ ।
छाडा चौपाया सडकमा दुर्घटना बढ्नुका साथै बजार फोहोर तथा अव्यस्थित हुने गरेको छ । सडकभरि छाडा चौपायाका कारण दुर्घटना बढ्दै गएको छ । दुर्घटनामा परी कयौंले अकालमै मृत्युवरण गर्नुपरेको छ भने कयौंको अंगभंग भएको छ। हुलका हुल छाडा चौपाया सडकमा हुने गरेकाले रातको समयमा बढी दुर्घटना हुने गरेको छ ।
उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७५ निर्माण गरेर नगरले छाडा चौपायालाई नियन्त्रण गर्ने भनेको छ । निर्देशिकामा चौपाया छोड्ने कार्यलाई नियन्त्रण गर्न पशुधनीहरुलाई आवश्यक कारवाही स्वरुप प्रति पटक प्रति चौपाया २ हजार रुपिया सम्म वडा समितिले दण्ड जरिवाना तोकेको छ । साथै पटक पटक कारवाही गर्दा पनि अटेर गरेमा वा तोकेको जरीवाना नवुझाएमा उपमहा नगरपालिकाबाट पाउने सेवा सुविधा कटौटी गर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । तर कामले मूर्त रुप लिएको छैन् ।
बुटवल उपमहानगरपालिकाले छाडा चौपायालाई नियन्त्रण गर्नका लागि योजना बनाईरहेको वातावरण तथा अनुगमन महाशाखाका सुचना अधिकारी तुल्सा अर्यालले बताउछिन् । उनले बुटवलनगर पालिका छाडा चौपाया नियन्त्रणका लागि काम भए पनि पर्याप्त हुन नसकेको बताईन । त्यसका लागि नगरले छुटै योजना बनाएर काम गर्ने बताईन । उनले अहिले छाडा चौपाया नियन्त्रणका लागि शिवनगर सामुदायकि बन र बुटवल उपमहानगरपालिकाको सहकार्यमा करिव ६० वटा चौपायालाई व्यवस्थापन गरेको बताईन ।
अर्यालले सडकमा रहेका छाडा चौपायाहरु सबैलाई नियन्त्रण गरेर राख्न केहि प्राविधिक समस्या भएकोले पनि नियन्त्रणमा समस्या आएको बताउछिन् । बुटवल उपमहानगरपालिकाको लागत र शिवनगर सामुदायकि वनको ब्यवस्थापनमा काँजी हाउस तयार गरिएको छ । छाडा चौपायाका कारण हुने जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले कान्जी हाउसको निर्माण गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्रफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक होमबाहादुर थापाले छाडा चौपयाबाट दुर्घटना हुने संभावना धेरै हुने भएकाले त्यसलाई व्यवस्थापन गर्नका लागि बुटवल उपमहानगरपालिका सँगै समन्वय भईरहेको जानकारी दिए । उनले बुटवल बजारमा दैनिक सरदरमा दुई देखि चार दुर्घटना छाडा चौपायाका कारणले भए पनि कति आफुहरुको रेर्कडमा आउने र कति सामान्य घटनाहरु नआउने गरेको बताए । छाडा चौपायाहरुले रातीमा दुर्घटना गराउने ठुलो समस्या रहेको बताए । रातीमा कम सवारी साधन चल्ने त्यस माथि बढी कुदेका हुने कारणले दुर्घटना हुने संभावना धेरै रहेको जानकारी दिए । त्यसका लागि प्रहरीले सडकमा देखिएका छाडा चौपायाहरुलाई लखेट्नी र दुर्घटना हुन नदिने प्रयास गरिरहेको थापाको भनाई छ । बुटवल उपमहानगरपालिकाले २०८० को नीति तथा कार्यक्रममा ‘छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरी २००० बिगाह क्षेत्रमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसँग समन्वय गर्ने र कुकुरको बन्ध्याकरण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरी नियमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?