© २०२३
बुटवल, ७ असार ।
बुटवल टुडेका संवाद्दाता केशरराज क्षेत्री यूवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय यूवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । विहिवार मन्त्रालयमा आयोजित सम्मान एवं पुरस्कृत कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले नगद ५० हजार रुपैयाँ सहित सम्मानपत्रले पुरस्कृत गरे ।
मन्त्रालयले प्रत्येक वर्ष देशभरका यूवा पत्रकारहरुबीच खुल्ला प्रतिस्पर्धाका आधारमा पुरस्कृत गर्ने गर्छ । यसवर्ष देशभरबाट विभिन्न जिल्लाका चार जना पत्रकारहरु पुरस्कृत भएका छन् । क्षेत्री चारजना मध्ये एक नम्वरमा छनौट भएका हुन् । पत्रकारलाई प्रतिस्पर्धाका आधारमा छनौट गरी पुरस्कृत गर्नका लागि मन्त्रालयले यूवा पत्रकारिता पुरस्कार कार्यविधि, ०७५ बनाएको छ ।
क्षेत्री सहित अछामकी मेनुका ढुंगाना, बाजुराका प्रकाश बहादुर सिँह र दाङका विनोद घिमिरे पुरस्कृत भएका छन् । १५ वर्षदेखि पत्रकारितामा सक्रिय प्यूठान संवाद्दाता क्षेत्री विगत आठ वर्षदेखि बुटवल टुडे दैनिकसँग आवद्ध छन् ।