© २०२३
बर्दघाट, ७ असार ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पश्चिम नवलपरासीले वृक्षारोपण गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ त्रिवेणी चोकमा रहेको स्वर्गिय लोक बहादुर स्मृती पार्कमा ४२ औँ विश्व सँगित दिवस पारेर धुपी, पारिजात, गुलमोहर, अशोका लगायतका विरुवा रोपिएको हो ।
बर्दघाट नगरपालिकाका नगर प्रवक्ता सन्त बहादुर गाहाको प्रमुख आतिथ्यतामा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै गाहाले बर्दघाट नगरको गहनाको रुपमा रहेका स्वर्गीय लोक बहादुर क्षेत्री कलिलै उमेरमा दिवँगत भएपनि लोक सँगित क्षेत्रमा उनको नाम सधै उँचो रहने बताए । गाहाले पार्क सँरक्षणको लागि आगामी आर्थिक वर्षको बजेटमा ५ लाख रुपैयाँ विनियोजित भएको बताउँदै आगामी दिनमा पार्कलाई ब्यवस्थित गर्न नगरको सहयोग रहने बताए । उनले वृक्षारोपण गरेर मात्र नहुने र रोपिएका विरुवा हुर्काउन पनि उत्तिकै आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजकुमार श्रेष्ठले लोक सँस्कृतिको जगेर्नाको लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले लोक बहादुर स्मृति पार्कलाई ब्यवस्थित गर्न स्थानिय सरकार र स्थानियवासी सँगै सबैले हातेमालो गर्नुपर्ने बताएका थिए ।