ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो
पटक पटक अनुगमन गरेपनि अटेरी

प्रशासनभन्दा व्यवसायी बलिया !

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

बुटवल , असार ।  बुटवल उपमहानगरपालिका, खाद्य गुणस्तर कार्यालय भैरहवा, सरोकारवाला निकायले बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अहिले सम्म ४ पटक अनुगमन ग¥यो । पहिला पनि अनुगमन गरि अखाद्य बस्तु, डेरीजन्य बस्तु कुहिएको अवस्थामा, मिति नाघेको अवस्थामा र विना ब्याज सहित विक्रि वितरण भएको पाएपछि नष्ट गरेको थियो ।
चौथो पटक पनि अनुगमन टोलीले अनुगमन गर्दा पनि सोही अवस्था देखिएपछि सञ्चालकलाई सुधार गरी सञ्चालन गर्नको लागि आग्रह सहित सचेत गराएको थियो । तर उनी सुध्रीएनन् । बुधवार पनि अनुगमन टोलीले अनुगमन गर्दा अखाद्य बस्तु फेला प¥यो । यो तेस्रो पटक थियो जहाँ टोलीले तेस्रो पटक पनि ठुलो परिमाणमा अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गरेको थियो । ढुसी लागिसकेको कुराउनी २५ केजी, ३ केजी पनिर र ३ केजी सरबरी मिठाई अखाद्य रहेको कारण नियन्त्रणमा लिएर नष्ट गरिएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु फेला पारि नष्ट गरिएको छ । बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट ठ्ुलो परिणाममा अखाद्य बस्तु फेला पारी नष्ट गरिएको हो ।
बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल , डेरी व्यवयासी संघ, नगरप्रहरी र सञ्चारकर्मी सहितको टोलीले बुधबार बिहान बुटवलका बिभिन्न क्षेत्रमा खुल्ला रुपमा बिक्रि बितरण भईरहेका दुधहरुको गुणस्तर र अन्य डेरिहरुको अनुगमन गरेको थियो ।
यो एउटा उदाहरण मात्रै हो । केही दिन पहिला बुटवल उपमहानरपालिकाको नेतृत्वमा मासु जन्य बस्तुको आक्समीक अनुगमन गर्दा पनि व्यवसायीहरुले पहिला पनि अनुगमन गरेको स्थानमाको कुनै पनि सुधार गरेका थिएनन् भने खुलेआम रुपमा बाह्य, कुकर, विराला समेत प्रवेश गर्ने गरी मासुको बध गरिरहेका पाइएको थियो ।
यी घटनाबाट के प्रष्ट हुन्छ भने बुटवलका विभिन्न प्रकृतिका व्यवसाय गर्ने व्याक्तिहरुले अनुगमन टोलीले गरेको अनुगमन बाट कुनै पनि ‘टेर पुच्चर’ नै लगाउने गरेको पाइएको छैन, अर्थात खुलेयाम रुपमा नियम उलंघन गर्ने गरेको पाइएको हो । बुटवल उपमहानरपालिकाले केही समय पहिला बुटवल ६ नेपालगञ्ज रोडमा रहेका मासु पसल अनुगमन गर्दा ठुलो परिमामा खसी बोका भनेर बाख्राको मासु विक्रि वितरण गरेको भेटाएपछि नष्ट गरेको थियो । यो क्रम अहिले पुनः जारी छ । खुल्ला रुपमा केजमा बाहिर बाटोमा नै कुखुरा, हाँस, परेवा जस्ता पंक्षि राख्न नपाईने भएपनि व्यवसायीहरुले अहिले पनि नियम विपरित केजमा बाहिर नै गन्ध आउने गरी कुखुरा, हाँस, परेवा लगायतका पंक्षि राखेर विक्रि वितरण गर्दै आएका छन् ।
बुधवार नगरपालिकाले गरेको अनुगमना तिनकुने चोकमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट अखाद्य भईसकेका करिब ३० केजी समाग्री नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखा प्रमुख ठगीश्वर पोखरेलले जानकारी दिए ।
उनले ढुसी लागिसकेको घोटेर राखिएको कुराउनी २५ केजी, ३ केजी पनिर र ३ केजी रसबरी मिठाई अखाद्य भएकोले फिनेल हालेर नष्ट गरिएको जानकारी दिए ।उनले थप कारवाहीको लागि उपमहानगर कार्यालय बोलाईएको बताए ।
‘यस अघि पनि पटक पटक अनुगमनमा कारवाही भोगिसक्नु भएको छ, यो पटक पनि उहाँकोमा अखाद्य बस्तु भेटिएकोले जफत गरि नष्ट गरेका छाँै ।’ उनले भने,– ‘ पटकट पटक समस्या दोहोरिएकोले उहाँलाई थप कारवाहीको लागि उपमहानगर बोलाएका छौं ।’
यता उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले मनकामना डेरीको विषयमा पटक –पटक जनगुनासो आउने गरेअनुरुप नै अनुगमन गर्दा अखाद्य बस्तु सधै फेला पर्ने गरेको बताए । उनले ४ पटक सम्म यहाँ सुधार गर्न आग्रह गर्दै सामान्य कारवाही भएपनि सुधारउन्मुख नहुनु दुखद भएको बताए । अस्वास्थ सामाग्रीहरु, ढुसी लागेका, गन्ध आएका कुराहरुको बेचबिखन नगर्न व्यवसायीलाई आग्रह गर्दै समयमा नै नसच्चिएमा कारवाहीको भागिदार रहन तयार हुन चेतावनी दिए । उनले उपभोक्ताको स्वास्थ्य संग कुनैपनि हालतमा खेल्न नपाईने उनको भनाई छ ।
यता सञ्चालक राधिका रिजालले भने अखाद्य भनिएका बस्तुहरु हिजो मात्रै बनाईएको भन्दै अनियमित बिद्युतका कारणले गन्ध आएको हुन सक्ने बताएकी छन् । उनले अघिल्लो पटकको अनुगमनपछि धेरै नै व्यवस्थीत गरेको बताईन् ।
अनुगमनका क्रममा कालिकाचोकमा खुल्ला रुपमा बिक्रि भईरहेको दुध, तथा बिभिन्न १० स्थानका दुध डेरी तथा बिक्रेता हरुसंगबाट दुधको नमुना लिएर खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाईएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखा प्रमुख अधिकृत पोखरेलले बताएका छन् । उनले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले दिएको रिपोर्ट अनुसार आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।
नगरपालिकाले अनुगमन कार्यलाई निरन्तरता दिदै यो बर्ष अनुगमनको संख्या वृद्धि गरेको भएपनि उपभोक्ताहरुलाई व्यवसायीहरुले पटक पटक अद्याद्य बस्तु विक्रि गरी ठग्दै आएका छन् । बुटवल उपमहानगरापलिका उपप्रमुख तथा अनुगमन समितिका संयोजक समेत रहेकी सावित्रा अर्यालले पटक पटक व्यवसायीहरुले गरेको अटेरी पनाविरुद्धमा अव नरपालिकाले कानूनी कारवाहीको बाटो अवलम्बन गरेको बताउँछिन् । उनले भनिन्–‘जनताको स्वाथ्यमा ख्यालबाड गर्ने छुट कसैलाई पनि छैन, हामी कानूनी रुपमा अगाडी बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?