ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

सिद्धार्थनगरमा अपाङ्गता परिचय पत्र वितरण

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

बुटवल, असार ।  सिद्धार्थनगर नगरपालिकाले अपाङ्गता भएका व्याक्तिहरुको लागि परिचय पत्र वितरण अभियानको रुपमा सुरु गरेको छ । ग परिचय पत्र वितरणका लागि कार्यविधी नै बनाइएको छ । परिचय पत्र चार भाग ‘क’, ‘ख’, ‘ग’, ‘घ’ मा वर्गीकरण गरिएको छ । समितीको बैठक बसेर मापदण्ड अनुसार परिचय पत्र वितरण गर्ने गरिएको छ ।
‘हामीले कार्यविधी अनुसार एक वर्षमा एक सय जना अपाङ्गता भएका व्यक्तिहरुलाई खोजी÷पहिचान गरी परिचय पत्र उपलब्ध गराएका छौँ’ सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख एवं समितीको संयोजक उमा अधिकारीले भनिन्, ‘वर्षौ भइसकेपनि धेरै जनाले परिचय पत्र पाउनु भएको थिएन, हामी निर्वाचित भएर आएपछि अपाङ्गता व्यक्तिहरु खोजी÷पहिचान गर्दै उहाँहरुको अधिकार उहाँहरुलाई दिइरहेका छौँ ।’
नगरपालिकाले अपाङ्गतालाई दश प्रकार शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाई समबन्धी अपाङ्गता, श्रवण दृष्टिबिहिन अपाङ्गता, स्वर र बोलाई सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसमाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिजम सम्बन्धी अपाङ्गता र बहुअपाङ्गतामा विभाजन गरेको छ ।
समितीले ४९ जनालाई शारीरिक अपाङ्गता, ५ जनालाई दृष्टि सम्बन्धी अपाङ्गता, ९ जनालाई सुनाई समबन्धी अपाङ्गता, २ जनालाई मानसिक वा मनोसमाजिक अपाङ्गता, १२ जनालाई बौद्धिक अपाङ्गता, ४ जनालाई अटिजम सम्बन्धी अपाङ्गता र १९ जनालाई बहुअपाङ्गता परिचय पत्र विवतरण गरिएको समितीको संयोजक उमा अधिकारीले बताइन् ।
‘क’ वर्गको ४ जना महिला र १० जना पुरुष गरी १४ जना, ‘ख’ वर्गको २२ जना महिला र ४० जना पुरुष गरी ६२ जना, ‘ग’ वर्गको ३ जना महिला र १५ जना पुरुष गरी १८ जना, ‘घ’ बर्गको १ जना महिला र ५ जना पुरुष गरी ६ जनालाई परिचय पत्र उपलब्ध गराइएको समितीले जनाएको छ । यी मध्ये ‘क’ वर्ग परिचय पत्र प्राप्त व्यक्तिले मासिक तीन हजार नौ सय ९० रुपैयाँ र ‘ख’ वर्गकाले दुई हजार एक सय २८ रुपैयाँ प्राप्त गर्ने गरेका छन् । विपन्न परिवारलाई यही सुविधाले समेत थोरै भएपनि राहत पुग्ने नगरपालिकाको विश्वास छ ।
‘वितरण गरिएको अपाङ्गता परिचय पत्र, परिचय पत्र मात्र होइन्’ संयोजक अधिकारीले भनिन्, ‘परिचय पत्रकै आधारमा उहाँहरुले राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउन थाल्नु भएको छ ।’ अन्य व्यक्ति भन्दा अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले विभिन्न सेवा सुविधा दिदै आएको छ ।
‘छोरी जन्मजात कान सुन्न नसक्ने भएपनि राज्यबाट केही सेवा सुविधा पाइएको थिएन’ रुकसानाका वुवा अकरमले भने, नगरपालिकाले छोरीलाई अपाङ्गता परिचय पत्र दिएको छ, खुशी लागेको छ, भत्ता समेत पाउन थालिएको छ , यसले थोरै भएपनि हामीलाई राहत भएको छ ।यस्तै समितीका अनुसार नगरपालिकाको स्थानीय समन्वय समिती र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा निकै न्यून रकममा नगरका २० जना अपाङ्गता भएका व्यक्तिहरुको काठमाण्डौँ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रमा उपचार समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?