© २०२३
बुटवल (बुटवल टुडे) असार । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ । यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरुले सजिलैसंग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पु¥याउनु रहेको छ । मानिसहरुको स्तरोन्नतिमा सहायता पु¥याउन हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको छ । सामसङ इन्स्टा फाइनान्स एक झँझट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शुन्य रहेको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने– “सामसङ आज आफ्नो ग्राहकहरु कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं ।’’प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ । यो एक अत्यन्त महत्वपूर्ण पहल हो, जुन सामसङ जस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरुलाई सुलभ तरिकाले सबैको पहुँचमा पु¥याउन शुरु गरेको छ । ग्राहकहरु जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराख्नु भएको छ, उनीहरुका लागि यो एक अवसर हो ।