ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट
खडेरी र चोरीको मारमा किसान

केरासँगै सुक्यो किसानका सपना

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

चन्द्रौटा (कपिलवस्तु), असार ।   एउटा किसान कृषिमा भविष्य खोज्दै लाखौं लगानी गर्छ । थोरै आम्दानी गर्ने, आफनो जीविकोपार्जन गर्ने सपना बुनेको हुन्छ । योसंगै देशको आर्थिक समृद्धिमा टेवा पुगोस भन्ने चाहन्छ । त्यतिमात्र नभएर असिमित सपनासमेत सजाएको हुन्छ । यस्ता किसानको सपना एकदिन माटोमा विलिन हुँदा त्यतिबेला कसको मन न रोला र ? लाखौं लगानी, बषौंको परिश्रम । कृषकको पीडा ‘बालुवामा पानी खनाउनु’ भन्ने उखान जस्तै सावित हुनु विडम्बना नै भन्नुपर्छ । सिँचाईलाई पानी छैन, ठुलो भएपछि चोरको विगविगी छ । रातभरि चौकीदार बस्न सकिँदैन भन्दै बिक्री गर्न योग्य केरा रातरात चोरी हुने गरेको कृषक ललिसरा घर्ती मगरले सुनाइन् । जिल्लाको विजयनगर गाउँपालिका–६, थरौली घर भएकी उनी विगत दुई बर्षदेखि केरा खेती गर्दै आएकी बताउँछिन् । पछिल्लो समय कृषकले ८ कठ्ठामा लगाएको केरा खेतीमा आगो लगाएकी छन् । करिब चार लाख लगानी गरि लगाइएको सात सय केराको बोट आगो लगाएर नष्ट गरिएको छ । केरा चोरी हुने समस्या र अर्कोतिर खेतीका लागि सिँचाइको व्यवस्था नभए पछि आगो लगाएर उनले आक्रोश पोखिन ।
कृषक मगरले भनिन्, ‘केरा फलेको हुन्छ, बिहान व्यापारी आउने बेलामा बोटमा केरा नै हुँदैन ।’— उनले भने । सिँचाइ गर्नलाई पानी अभाव हुदाहुदै धेरै मेहनत गर्दा पनि उत्पादन लिनेबेला चोरीको समस्या झेल्नुपरेको उनले दुखेसो गरिन । ‘अब केरा खेती मासेर धान लगाउनका लागि आगो लगाएकी छु ।’—उनले भनिन । पहिलो खेती राम्रो भएपछि उनि हौसिएर केरा खेतीमा आर्कषित भईन । भैरहवाबाट आएका केही व्यापारीको आग्रहमा ‘जी नाइन’ जातको ७ सय केराको बोट उनले लगाईन । यो खेतीबाट मनग्ये आम्दानी हुने देखेपछि उनले २०७८ फागुनदेखि सुरु गरेकी थिइन् । पहिलो सिजनमा करिब ३० हजार रुपियाँको केरा बिक्री गरेको उनी बताउँछिन् । पछिल्लो समय केरा चोरी भएका कारण आम्दानी कम भएको उनको भनाइ छ । भूमिहीन सुकुम्बासी भएकोले घर नजिकै रहेको खाली वन क्षेत्रमा लालसरीले केरा खेती गरेकी थिइन् ।
यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कृषकले भोगेका समस्या समाधानका पहल गरिने बताए । कृषिका लागि पालिकाले योजना बनाउने जनाउँदै पीडित कृषकसँग भेटघाट गरी निकासका लागि अघि बढ्ने उनले बताए । गाउँपालिकाका कृषि शाखा अधिकृत राम सुन्दर मालीले के कति क्षति भएको अनुगमन गरि क्षतिपूर्तिको सिफारिस गर्ने आश्वासन दिए । कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन हुने खालका कार्यक्रम ल्याएर समस्या समाधान गर्ने तर्फ गम्भीर हुने अधिकृत मालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?