ट्रेंडिंग:

>> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

नेपाल स्काउटद्वारा प्रदेशस्तरीय नृत्य प्रतियोगिता

५ असार २०८०, मंगलवार
५ असार २०८०, मंगलवार

बुटवल, ५ असार ।

नेपाल स्काउट लुम्बिनी प्रदेशले ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय नृत्य प्रतियोगिता गरेको छ । नृत्य प्रतियोगितामा लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट २२ टिमको सहभागिता रहेको थियो । जसमा माउण्ड भ्याली टप प्रथम, प्रगती स्काउट टप दोस्रो, नविन स्काउट टप तेस्रो भएका छन् । रामपुर स्काउट सान्त्वना भएको छ । उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई नगदसहित मेडल, प्रमाण पत्र र मायांको चिनोबाट प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले नेपाल स्काउटले राष्ट्र निमार्णमा महत्वपूर्ण भुमिका खेलेको बताउँदै स्काउट क्षेत्रलाई फराकिलो बनाउनु पर्ने बताए । पछिल्लो समय स्काउटले शिक्षाको क्षेत्रमा खेलेको भुमिका महत्पूर्ण भएकाले स्काउटको क्षेत्रलाई फराकिलो बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराईले नेपाल स्काउट लम्बिनी प्रदेशले बिगतदेखि नै सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गदै आएको बताए । एक विद्यालय एक स्काउट, एक पालिका एक स्काउट अभियानलाई देशभर अगाडी बढाउन आवश्यक रहेको बताए । सुुखी नेपाली समृद्ध नेपाललाई साकार पार्न नेपाल स्काउट निरन्तर लागेको बताए । उनले कोभिड १९ को समयमा निरन्तर काम गर्ने स्काउटरहरुलाई कोभिड १९ पदक तथा बिभुषण बाट सम्मान गरिएको बताए । आगामी स्थापना दिवस मनाउँदा अत्यधिक विद्यालयहरुमा स्काउटको युनिटहरु बिस्तार गर्ने लक्ष्य लिएको बताए ।

कार्यक्रममा बुटबल उपमहानगरपालिका पूर्व नगर प्रमुख शिवराज सुवेदी, बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रा अर्याल, पूर्व उपप्रमुख गुमादेवी आचार्य, सिद्धार्थनगर नगरपालिका उपमेयर उमा अधिकारी, समाजसेवी राजेन्द्र ढकाललगायते बोल्दै स्काउटले सामाजिक क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउंँदै आगमी दिनमा पनि रचनात्मक कार्यक्रम गर्न आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ८ सय भन्दा बढि स्काउटरको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?