© २०२३
कपिलवस्तु, ५ असार
कपिलवस्तुको बाणगंगा नगरपालिकाको पिपरामा पुर्व पश्चिम राजमार्गमा सवारी गुडाउने चालकको आँखा परिक्षण गरिएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु र ट्राफिक पोष्ट पिपराको आयोजना तथा छन्द काले बाबु नारायणी शाह आँखा अस्पताल बहादुृरगंजको प्राबिधिक सहयोगमा ८६ जना सवारी चालकको आँखा परिक्षण गरिएको हो । अस्पतालका नेत्र बिशेषज्ञ हरि भण्डारी नेतृत्वको ४ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले चालकहरुको आँखाको परिक्षण गरेको थियो । आँखामा समस्या देखिएका २४ जना चालकलाई निशुल्क चश्मा र औषधी बितरण गरिएको थियो । दृष्टिमा समस्या भए दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्य नजर गरि सवारी चालकलाई सजग बनाउन आँखा परिक्षण कार्यक्रम गरिएको ट्राफिक पोष्ट पिपराका प्रहरी बरिष्ठ नायब निरिक्षक राजकुमार चापागाईले जानकारी दिए । दुर्घटना न्युनिकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने उनले स्पष्ट पारे ।