ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट
मुख्य समाचार

विदेशको रकमले तान्ला की स्वदेशको तालिमले रोक्ला ?

५ असार २०८०, मंगलवार
५ असार २०८०, मंगलवार

बुटवल, ५ असार

तिलोत्तमा नगरपालिकाका हरि प्रसाद पाण्डे आफनो युवा अवस्थामा वैदेशिक रोजगारमा बिताए । करीब ४ वर्ष सिगापुर होटलमा सेवा गरे । लगत्तै फेरी उनि सुरक्षा गार्डको रुपमा दुबईमा ६ वर्ष काम गरे । तिलोत्तमा वडा—१ का स्थाई बासिन्दा उनि कोभिड संक्रमणसंगै बिसं २०७७ असार १७ गते स्वदेश फर्किए ।
विदेशमा कमाएको धेरथोर रकमबाट केही समय घरमै किराना पसल थापे । स्वदेशमै केही गर्ने सोच बनाएका उनी तिलोत्तमा नगरपालिकाबाट संचालन भएको सीपमुलक तथा उद्यमशिलता तालिम अन्तरगत बेकरी बनाउन सिके । वैदेशिक रोजगारबाट फर्किएका उनलाई यो तालिम धेरै लाभदायक भएको उनले बताए । ‘बजारको माग अनुसारको सीप सिक्न सफल भयौ ।’—उनले भने । बेकरी तालिम लिएका उनले केक, मफिन, पिजा बेस, बर्गर बोन, क्रोसन, प्रेस्टिज, डोनट बनाउन सिकेको बताए । सरकारबाट आवश्यक प्रविधि समेत सहयोग गरे स्वरोजगार बन्ने उनी बताउछन । सीप सिकेका उनी आफै उद्योग चलाउने सोच बनाएका छन । समुहमा बसेर काम गर्ने उनले बताए ।
यता दुबइमा ६ वर्ष रोजगार गरेका तिलोत्तमा नगरपालिका ११ का सन्तोष अर्याल अहिले तालिम लिए । दुबईमा कम्पनीको एकाउन्ट गरेका उनि कोभिड संक्रमण अघि स्वदेश फर्किए । ‘बिस २०७६ सालमा घर फर्किएको हु ।’— उनले भने । स्वदेशमा नै बिजनेश गर्ने सोच बनाएका उनि मणिग्राममा बेबि सप खोले । शुरुवातमा राम्रो चल्यो । उनि थप हौसिए । होलसेल समेत चलाउने सोचसहित लगानी बढाए । यही क्रममा कोभिड संक्रमणले सबै ठप्प भयो । उनको बिजनेश पनि प्रभावित पार्यो । घरमै बसेका उनि अहिले पालिकाबाट दिईएको वारिष्टा तालिम सिकेका छन । उनले कफिका विभिन्न परिकार बनाउन र यसको बजारीकरणको बारेमा समेत सिकेका छन । जाडोमा मात्र होईन, गर्मीमा पनि चिसो कफी पिउन सकिने उनी बताउछन । तालिम सकेका साथिसंग मिलेर उनी कफि सप खोल्ने सोचमा छन । तालिमसंगै प्रविधि हस्तान्तरण महत्वपूर्ण हुने उनी बताउछन । ‘टिममा रहेर काम गर्ने सोच छ ।’— उनले भने । उनिहरुजस्तै दुई दर्जन बढीले वैदेशिक रोजगारबाट फर्केका ब्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम अन्तरगत सीप विकास सम्बन्धि तालिम र उद्यमशिलता विकास सम्बन्धि तालिम लिएका छन ।

बारिष्टा तथा बेकरी प्रशिक्षक तिरास लाम्टागे मगरले नेपालमा कफि उत्पादन र निर्यात गर्ने देश भएर पनि यसको प्रवर्द्धन गर्न नसकेको दुखेसो गरे । कफि पिउनेबारे आम नागरिकलाई जानकारी दिने, बनाउने र प्रचारप्रसार गर्ने जस्ता कामलाई प्राथमिकता दिनुपर्ने उनले बताए । ‘यो ईनर्जी ड्रिङ्क हो ।’— उनले भने । मानिसलाई हुने एन्जाईटी, डिप्रेसन जस्ता रोगहरु कफी पिउदा ठिक हुने चिकित्सकहरुको दाबी रहेको उनले बताए । काठमाडौ, धरान, पोखरा पछि बुटवलमा कफिको हब बन्न सक्ने उनले बताए ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी देबी चौधरी पालिकामा युवा लक्षित सीपमुलक तालिमलाई प्राथमिकता दिएको बताउछिन । विशेष गरि विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमा नै रोक्ने गरि उनिहरुको सीप र दक्षता अनुसार थप तालिमसंगै प्रविधि हस्तान्तरण गरि स्वरोजगार बनाउने अभियान थालेको उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?