ट्रेंडिंग:

>> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज

शिक्षक महासंघ रोल्पाको अध्यक्षमा सुवेदी

४ असार २०८०, सोमबार
४ असार २०८०, सोमबार

रोल्पा, ४ असार ।

नेपाल शिक्षक महासंघ रोल्पाको अध्यक्षमा युवराज सुवेदी निर्वाचित भएका छन् । महासंघको आईतवार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
२२ सदस्यीय कार्यसमितिको सह अध्यक्षमा बेगमवहादुर कँवर, महिला उपाध्यक्षमा जमानथरी रोकामगर, उपाध्यक्षमा सूर्यप्रकाश डाँगी निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिको सचिवमा नरवहादुर सेन, सहसचिवमा बामदेव अधिकारी, महिला सहसचिवमा शोभा खड्का र अर्थ सहसचिवमा कुलवहादुर वली निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक दामोदरप्रसाद सुवेदीले जानकारी दिए ।

कार्यसमितिको सदस्यहरुमा चक्रवहादुर वुढामगर, प्रेमप्रकाश घर्तीमगर, निमवहादुर घर्तीमगर, सुनिता थापा र झक्कुप्रसाद केसी निर्वाचित भएका छन् । कार्यसमितिको अन्य सदस्यहरुमा शर्मिला आचार्य, रेशमवहादुर वुढाथोकी, डम्मवरवहादुर पुन, सुरेन्द्रप्रसाद न्यौपाने, विष्णुवहादुर वली, शिववहादुर घर्तीमगर, निराजन पौडेल, दुर्गाप्रसाद रोका र यशोदा विष्ट रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
जिल्लामा घटक संगठनको रुपमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघ तथा विद्यालय कर्मचारी परिषद कृयाशील रहेका छन् ।

जिल्ला अधिवेशनका उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले शिक्षक महासंघले जिल्लाको शैक्षिक मुद्दा समाधानमा अगुवाई गर्नु पर्ने धारणा राखेका थिए । अधिकारको मात्रै सौदावाजी गर्ने नभई कर्तव्य समेत पुरा गर्नु पर्ने उनीहरुको सुझाव थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघ लुम्विनी प्रदेशका सह अध्यक्ष छविलाल पाण्डेले महासंघ शिक्षाकर्मीहरुको साझा संगठन भएको वताउदै महासंघ अधिकारका साथै कर्तव्य निर्वाह गर्ने संस्था भएको वताए । उनले शैक्षिक सुधारमा समेत नेपाल शिक्षक महासंघमा आवद्ध व्यक्तिहरुका विद्यालय नमूना वन्नु पर्ने वताए । जिम्मेवारीवाट पन्छिने शिक्षकले विद्यालय सुधार गर्न नसक्ने सह अध्यक्ष पाण्डेले वताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका उप प्रमुख कर्मलाल परियारले जिल्लाको शैक्षिक विकासमा सवै स्थानीय तहले विशेष योजना ल्याउनु पर्ने वताए । “जिल्लाको शिक्षा विकासमा एक पटक सवैले वल गरौ”– उपप्रमुख परियारले भने । शिक्षा विकास तथा समन्वय ईकाइ रोल्पाका प्रमुख दुर्गावहादुर खड्काले जिल्लाको शैक्षिक अवस्थाको फेहरिस्त प्रस्तुत गरेका थिए । जिल्लाको शैक्षिक क्षेत्रको समन्वय गर्ने कार्यालय शिक्षा विकास तथा समन्वय ईकाइ २ जना कर्मचारीको भरमा चलेको उनले वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्षहरु काशीराम डाँगी, खेम वुढा र महेश न्यौपानेले समेत शुभकामना मन्तव्य राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?