ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा

बुटवलको आम्दामा फार्मेसी, पिसिएल नर्सिङ र एचएका लागि तयारी

३ असार २०८०, आईतवार
३ असार २०८०, आईतवार

बुटवल, ३ असार ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ । बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभीटीसँग अनुमति माग गरिएको हो।

आम्दा अस्पताल सञ्चालक समितिको आइतबार बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष समेत रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

नगरप्रमुख पाण्डेयको नेतृत्वमा जापान गएको टोलीले गत जेठमा आम्दा इन्टरनेशनलसँग अस्पतालको स्तरोन्नति गर्दै जनशक्ति उत्पादनमा जोड दिने समझदारी गरेको थियो। सोही समझदारीअनुसार अस्पतालमा २ सय बेड थप गर्ने निर्णय सञ्चालक समितिको बैठकले अनुमोदन गरेको पाण्डेयले बताए । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघले अस्पतालको स्तरोन्नति गर्नका लागि सामुहिक प्रतिबद्धता जनाएका छन्।

बैठकले समझदारी गरिएअनुसारका काम अगाडि बढाउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। यस्तै बैठकले आगामी कार्तिक १६ गते आम्दा अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी रजत उत्सव मनाउने निर्णय गरेको छ।

तत्कालीन नगरप्रमुख सूर्यप्रसाद प्रधानले समझदारी गरी स्थापना गरेको अस्पताललाई थप व्यवस्थित बनाउँदै बुटवल क्षेत्रकै विशिष्टीकृत अस्पतालका रुपमा अगाडि बढाउने गरी काम शुरु भएको नगरप्रमुख पाण्डेयले बताए ।

यस्तै अस्पतालमा न्युरोसम्बन्धि उपचार शुरु गर्नका लागि आवश्यक प्रक्रिया पूरा गर्ने गरी काम अगाडि बढाउने निर्णय बैठकले गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालले जानकारी दिए । उनका अनुसार अस्पतालमा बालबालिकाको लागि पुस्तकालय स्थापना गर्ने निर्णय पनि गरिएको छ।

२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो। ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?