ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

किसानलाई चैते धान स्याहार्न चटारो

३ असार २०८०, आईतवार
३ असार २०८०, आईतवार

शंकर केसी
सल्यान, ३ असार

जिल्लाको कालिमाटीका किसानहरु चैते धान भित्राउन व्यस्त बनेका छन् । राम्रो फलेको भन्दै उत्साहको साथ किसानहरु चैते धान भित्राउन सक्रिय छन् । गत चैत ५ गते धान रोपाई गरेका कालिमाटी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा कृषक टोपबहादुर कार्कीले खेतमा धान झपक्क फलेको भन्दै आफूहरुलाई धान भित्राउने चटारो रहेको बताए । आफू लगायत ६ जना किसानले यो बर्ष ६० रोपनी क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै उनले भने,–‘कतिपयको धान पाकिसक्यो, कतिपयको खेतमा लहलह बाला झुलेका छन् । हेर्दा खेरी मनै आनन्द हुन्छ । खेतमा पुगेपछि घर फर्कनै बिर्सिन्छु ।’ कालिमाटी ५ बालुवास्थित पैठकका किसान हिजो आज धान काट्ने, सुुकाउने, चुट्ने र घर भित्राउने काममा व्यस्त छन् ।
मान बहादुर खत्री, दल बहादुर खत्री, खिम बहादुर सापकोटा, रप बहादुर राना लगायतका किसानहरुले यस बर्ष चैते धान खे ती गरेका छन् । एक बर्षमा चार बाली उत्रिन्छ । चैते धान भित्राइसके पछि फेरि वर्षे धान खेती सुरु हुने किसानहरू बताउँछन् । वडा अध्यक्ष कार्कीले आफूहरुले खेतमा एक बर्षमा ४ बाली उत्पादन गर्ने गरेको बताए । ‘चैते धान पछि बर्षे धान रोपाइ हुन्छ’, उनले भने, ‘त्यसपछि तोरी खेती हुन्छ । तोरि स्याहारि सकेपछी गहुँ खेती गर्छौं ।’ खेतबारी बाँझै राखेर नेपालमा केही सम्भावना छैन भन्दै कतिपय युवाहरु बिदेशी भूमिमा पसिना चुहाउन जाने गरेको मा वडा अध्यक्ष तथा कृषक कार्कीले आफ्नै माटो मा परिश्रम पोख्ने हो भने मनग्ये आम्दानी गर्न सकिने बताउँछन् । जनप्रतिनिधिको रुपमा नागरिकको सेवासंगै उनले कृषि कर्मलाइ पनि मिहेनतको साथ अघि बढाएका छन् । “मेरो करीव २० रोपनी जमिन छ, त्यसमध्ये १० रोपनीमा धान खेती गरेको छु, बांकीमा गरिएको मकै खेती पनि राम्रै भयो । अब फेरि पुरै खेतमा धान खेती गर्छौं’, कार्कीले भने । यस क्षेत्रका किसानले गत फागुनमा रोपेको मकै पाकेर पनि भित्राइसकेका छन् । शारदा नदि किनारमा रहेका यस क्षेत्रका उर्वर फांटहरमा सिंचाइको समस्या छैन । पछिल्लो बर्ष यता चैते धान खेतिलाइ विस्तार गर्दै लगेका किसानहरु राम्रो धान फल्ने भएपछी उत्साहित छन् । तर पनि धान भित्राउने समय असारको महिना पर्ने र यो बेला झरीको समय हुने भएकाले धान भित्राउदा समस्या हुनसक्ने भन्दै सोचे अनुसार चैते धान खेतीलाइ बढाउन नसकिएको किसानहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?