© २०२३
दाङ, २ असार ।
दाङमा किर्ते हस्ताक्षर गरेर नागरिकता बनाएको आरोपमा चार जना पक्राउ परेका छन् । गढवाको राजपुर गाउँपालिका वडा नम्बर ५ का १८ बर्षीय विवेक बिकको नागरिकतामा किर्ते गरेको आरोपमा बिकका हजुरबुवा ५४ वर्षीय ज्ञानबहादुर बिक पक्राउ परेका छन् । त्यसैगरी नागरिकता बनाउँदा आवश्यक पर्ने सर्जिमिन कार्यमा संलग्न आमा सावित्रा कुमारी बिक, गौसरी बोहरा, दुधिमाया घर्ती र रमेश घर्ती रहेका छन् । वडा अध्यक्ष टंकबहादुर बिष्ट र वडा सचिव सन्तोष भण्डारी फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले बताए ।
गत जेठ २७ गते ईलाका प्रशासन कार्यालय लमहीमार्फत जिल्ला प्रहरी कार्यालयमा नागरिकता किर्ते सम्बन्धी मुद्दा दर्ता भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार मुद्दा दर्ता भएलगत्तै दोषीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।