ट्रेंडिंग:

>> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा

फर्जी बिल बनाएर युरिया मल

२ असार २०८०, शनिबार
२ असार २०८०, शनिबार

पाल्पा, २ असार ।

रम्भा गाउँपालिकाको हँुगीबाट लु.२.ख ३८१ नम्बरको मालवाहक ट्रकमा लोड गरी ल्याइएको वस्तुमाथि शंका लागि चेकजाँच गर्दा भेटिएको भारतीय कम्पनीको रासायनिक मल प्रकरणको थप रहस्य खुुलेको छ ।

रामपुर नगरको मुख्य बजार ठानिने बेजाड बजारका पशु पंक्षीको दाना व्यापारी विजय श्रेष्ठ मार्फत गण्डकी उपत्यकाका कृषकहरुलाई लक्षित गरी भित्र्याएको मलको बिलमा उल्लेख गरिएको स्थायी लेखा नम्बर फर्जी भएको रहस्य खुलेको छ । श्रेष्ठले कमसल खालको भारतीय उत्पादन युरीया मल नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १२ शान्तीचौर स्थित क्लस टे«डस एन्ड सप्लाएर्सबाट चामलको बिल बनाएर युरीया मल ल्याएका हुन् । श्रेष्ठले आफ्नो छोरी ज्वाइँको प्रतिभाप्रति इन्टर प्राइजेजको फर्म प्रयोग गरेका छन् । चामलको आवरणमा युरीया मल भित्र्याइँदा प्रयोग गरेको स्थायी लेखा नम्बर ६१२१४१०८९ बिलमा उल्लेख गरिए पनि उक्त फर्मको नामको लेखा नम्बर नभएको आन्तरिक राजस्व कार्यालयको दाबी रहेको छ ।

अवैध कारोवारमा संलग्न श्रेष्ठले कृतिनाथ श्रेष्ठको घरको कोठा भाडामा लिएर कमसल खालको, कमतौल भएको भारतीय युरीया मल भण्डारण गरेको अवस्थामा प्रहरी, उद्योग बाणिज्य संघ, स्थानीय सरकारको उपप्रमुखले सयुक्त रुपमा अनुगमन गर्दा ६४९ बोरा मल बरामद भएको थियो ।

कुखुराको चल्ला, पशुपंक्षीको दाना बिक्रेताको रुपमा स्थापित र परिचित श्रेष्ठले यस भन्दा अगाडिका वर्षमा समेत यस्तै गरी अवैध रुपमा मलको कारोवारमा संलग्न भएको हुन सक्ने स्थानीयहरुको दाबी रहेको छ ।

ट्रकमा चामल भन्दै भारतीय कमसल खालको मल लोड गरेर रामपुरतर्फ ल्याउँदै गरेका बखतमा रामपुर नगर नजिकै समातिएको मल भैरहवा भन्सार कार्यालयमा पठाउनु प्रकरणले राजस्व अनुसन्धान कार्यालयलाई अनुसन्धानको क्रममा केही असजिलो भएको कार्यालयबाट अनुसन्धानमा संलग्न कर्मचारीहरु बताउँछन् । यस घटनालाई स्थानीय तहमा मिलाउन गरेको प्रयत्न असफल भएको प्रहरी श्रोतको दावी रहेको छ ।

रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल भन्छन्, “जो जुनसुकै भएपनि कानुन भन्दा माथि व्यक्ति हँुदैन । त्यसैले प्रचलित ऐन नियम अनुरुप कानुनी कठघरामा उभिनु पर्दछ । राजनैतिक दलका जिम्मेवार व्यक्ति तथा नेता कार्यकर्ताले यस प्रकरणलाई साम्य पार्न प्रयत्न गरेको समेत खुल्न आएको छ ।” इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मण देवकोटा भने गलत कृयाकलापमा संलग्न भएका व्यक्ति राजनैतिक दलको प्रभावमा छुट्न नसक्ने दावी गर्छन् ।

रामपुर बचत तथा ऋण सहकारी सस्थाका सचिव विजय श्रेष्ठ दाना बिक्रेता भएको र यसरी कमसल खालको भारतीय कम्पनीको युरीया मलको व्यापार व्यवसायमा यस भन्दा अगाडि पनि संलग्न भएको हुन सक्ने स्थानीयहरुको दाबी रहेको छ । यस्ता अवैध व्यापार व्यवसायबाट अस्वाभाविक रुपमा सम्पत्ती आर्जन गरेकाले उनको सम्पत्तीको विषयमा समेत अनुसन्धान हुनु पर्ने स्थानीयहरुको भनाई रहेको छ ।

रामपुर नगरका उपप्रमुख तथा अनुगमन समिति संयोजक बालकुमारी थापा भन्छिन्, “बेजाडको कृतिनाथ श्रेष्ठको घरमा शंका लागेरै छापा मारियो । नभन्दै ठुलो परिमाणमा मल भेटियो । यो नै यस्तो खालको पहिलो घटना हो । ट्रकमा समातियो, गोदाममा पनि समातियो । राजस्व छलेर राज्यलाई दोहन गर्ने प्रवृत्ति र पात्रलाई राजस्व चुहावट ऐन २०५२ बमोजिम कारवाही हुनु पर्दछ ।” “व्यक्तिको भन्दा प्रवृत्तिलाई नै मध्यनजर गर्ने हो । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्ने हुन्छ । अनि बल्ल मुलुक सही बाटोमा लाग्नेछ”–उनले भनिन् ।

राजस्व अनुसन्धानका कर्मचारी भने यस प्रकरणका मुख्य आरोपीत श्रेष्ठमाथि अनुसन्धानको प्रकृया सुरु भइसकेको र केहीदिन भित्रमा परिमाण आउने बताउँछन् । बाटोमा समातिएको मललाई श्रोत नखुलेको भन्दै भैरहवा भन्सार कार्यालय पठाएको कारणले पनि अनुसन्धानको प्रकृया लम्बिएको हो । एउटै व्यक्तिलाई दुई दुई वटा कार्यालयबाट अनुसन्धान गर्नुपर्ने भएकाले केही समय लाग्ने हो । यो सरासर राजस्व चुहावट नै हो । यही अनुरुप कारवाही हुने ती कर्मचारीको दावी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?