© २०२३
बाँके ३२ जेठ
पुर्ब मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले लुम्बिनी प्रदेश सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानलाई सार्थक बनाउन पहल थालेकी छन् । उनकाे निर्वाचन क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुरमा कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बाँकेका कार्यालय प्रमुख तिलक न्यौपानेसँग छलफल गरेकाे नमुनाले बताइन ।
हाल राप्तीसोनारीमा १८ वटा खानेपानीका ट्यांकी र नरैनापुरमा ८ वटा ट्यांकीहरू निर्माण भएका छन् । तीमध्ये केहीबाट मात्र जनताको घरदैलोमा पानी पुगेको छ । बिजुली, पाईप विस्तार लगायतका समस्याले गर्दा ट्यांकी निर्माण भएपनि घरघरमा पानी पुग्न नसकेकाे नमुनाले जानकारी दिइन । उनले आगामी आव भित्रै अहिले देखिएका समस्याहरूको समाधान गरेर घर-घरमा धारामार्फत खानेपानी पु¥याउने प्रतिबद्धता जनाइन नरैनापुर र राप्तीसोनारीमा थप खानेपानीका योजनाहरू समेत अगाडि सारिएको छ ।