ट्रेंडिंग:

>> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

देवीनगर चौपारीमा पश्चिम नेपालको टिकट काउन्टर शुभारम्भ

३१ जेष्ठ २०८०, बुधबार
३१ जेष्ठ २०८०, बुधबार

बुटवल, ३१ जेठ ।

नेपालकै सबै भन्दा ठुलो सार्वजनिक यातायात सेवा प्रदायक संस्था पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आफ्नो सेवालाई बिस्तार गर्ने क्रममा बुटवलको देवीनगर चौपारीमा टिकट काउन्टर स्थापना गरी सेवा प्रारम्भ गरेको छ । बुटवलदेखि संचालन हुने सबै रुटका लागि निर्धारित दररेटमै स्थानीयलाई टिकट सेवा उपलब्ध गराउने उद्देश्यले बुटवल ११ देवीनगरको चौपारी भन्ने स्थानमा टिकट काउन्टर शुभारम्भ गरिएको प्रालिले जनाएको छ ।

टिकट काउन्टर शुभारम्भ कार्यक्रममा सहभागी वक्ताहरुले नेपालकै ठुलो मध्येको वडा बुटवल ११ मा स्थानीय युवाहरुको बिशेष पहलकदमीका कारण स्थानीयकै सहयोगमा टिकट काउन्टर खोल्नु समय सान्दर्भिक रहेको बताएका छन् । नम्र ब्यवहार, मिठो बोली, यात्रुलाई गन्तब्यसम्म पुर्याउने हाम्रो जिम्मेवारी भन्दै सरोकारवाला निकायका प्रतिनिधिहरुले यात्रुलाई बसपार्कसम्म पुगेर कठिनता पुर्वक टिकट ब्यवस्थापन गर्ने परम्पराको अन्त्य गर्न स्थानीयस्तरमै काउन्टरको ब्यवस्था गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

सो टिकट काउन्टरको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले यात्रुहरुको सुविधालाई मध्यनजर गरेर घनावस्ती क्षेत्रमा सुविधायुक्त बस सेवाका लागि टिकट काउन्टर स्थापना गर्ने कार्यलाई बढावा दिनु पर्ने धारणा राखेका थिए । सो अवसरमा पश्चिम नेपाल बस ब्यबसायी प्रालिका प्रबन्धक रामचन्द्र भुसालले आफ्नो सेवालाई यात्रुहरुको माग अनुसार बढाउँदै लैजाने योजना रहेको उल्लेख गर्दै निकट भविष्यमा देवीनगरबाटै सुबिधायुक्त आधुनिक बसहरु संचालन हुने जानकारी गराए ।

स्थानीय युवाहरुको सक्रियतामा स्थापना गरिएको जि २५ क्लव बुटवल ११ को बिशेष पहल तथा आयोजना र पश्चिम नेपाल बस ब्यबसायी प्रालिको तत्वावधानमा संचालन गरिएको सो टिकट काउन्टर शुभारम्भ कार्यक्रममा चौतारी टोल विकास संस्था जुनु अर्याल भण्डारी, बस ब्यवसायी प्रेमप्रसाद पाण्डे, क्लवका कावा अध्यक्ष जगदिश न्यौपाने, महासचिव तेजेन्द्र खनाल, सुजन कुमार भारी लगायतले बस यात्रुलाई सुविधाजनक टिकटको ब्यवस्था गर्न काउन्टर आवश्यक रहेको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?