Butwal Today

गुल्मी वामीटक्सारका धर्मेन्द्र प्रधान बुटवलबाट सम्पर्कविहिन, खोजीका लागि परिवारको अपिल !

३१ जेष्ठ २०८०, बुधबार
अ+
अ-

बुटवल ।

गुल्मीको मुसिकोट नगरपालिका-७ वामीटक्सार पल्टार बजारमा घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान ४ दिनदेखी सम्पर्कविहिन भएपछि परिवारले खोजिका लागि आपिल गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरबाट आइतबारेदेखि प्रधान सम्पर्कविहिन भएको परिवारले जनाएको छ । ज्योतिनगर स्थित आफ्नी बहिनीको घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारले आग्रह गरेको हो ।

मानसिक सन्तुलन कमजोर भएका उनले कालो कलरको ट्राउजर र गुलाबी कलरको टिसर्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ । सेतो कपाल र सेतो दाह्री भएका उनलाई भेटाउने जो कोहीले खबर गरिदिनका लागि उनका भाई राजेन्द्र प्रधानले आग्रह गरेका छन् ।

भाई राजेन्द्रको मोबाइल नम्बर ९७६२२३६१९६ वा सम्पर्कविहिन बनेका प्रधानका ज्वाई जीवन श्रेष्ठको मोबाइल नम्बर ९८४७०२१३४८ मा सम्पर्कका लागि परिवारले आग्रह गरेको छ ।