ट्रेंडिंग:

>> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार

मल तस्करी गर्नेहरु धमाधम प्रहरीको फन्दामा

३१ जेष्ठ २०८०, बुधबार
३१ जेष्ठ २०८०, बुधबार

पाल्पा, ३१ जेठ ।

पाल्पाका विभिन्न ठाउँहरुबाट धमाधम अबैध युरिया मल बरामद भएको छ । किसानले खेतबारीमा मल प्रयोग गर्ने समय भएका बेला धमाधम भारतीय बजारबाट भन्सार छली गरी मल पाल्पा ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

शनिबार मात्र भारतीय बजारबाट भन्सार छलेर ल्याउँदै गरेको ३ सय ७२ बोरा अवैध युरिया मल पाल्पा प्रहरीले बरामद ग¥यो । जिल्लाको रम्भा गाउँपालिका–१ हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट २ लाख ९७ हजार ६ सय मूल्य बराबरका ३ सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको थियो । नवलपरासीबाट रामपुरतर्फ मल लिएर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट उक्त मल प्रहरीले नियन्त्रणमा लिएको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा हुँगी प्रहरी चौकीले बिल नभएको भारतीय जनउर्वरक परियोजना भारत युुरिया नामक १६ हजार ७४० केजी मल नियन्त्रणमा लियो । प्रहरीले नियन्त्रणमा लिएको अवैध मल स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

उक्त परिमाणको मल बरामद गरेको केही समयमै प्रहरीले मल भण्डारण गरी राखेको गोदाम नै फेला पा¥यो । रामपुर क्षेत्रमा धमाधम अवैध मल भित्रिएको सुईको पाएको प्रहरीले खोज्दै जाँदा जिल्लाको रामपुर नगरपालिका –५ बेझाडको एक सटरमा मल भण्डारण गरी राखेको फेला पारेको हो । रामपुरको बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुुई तलाको सटरमा अबैध मल भण्डारण गरी राखिएको थियो ।

अबैध मल भण्डारण गरी राखेको भनी गोप्य सुुचनाको आधारमा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुुकारी थापाको संयोजकत्वमा गएको कृषि सहकारी अनुुगमनकर्ता, जनप्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधि र प्रहरीसहितको टोलीले श्रेष्ठको सटर खोली हेर्दा भारतीय जनउर्वरक परियोजना भारत युुरिया नामक ६ सय ५० बोरो युरिया मल फेला पारेको थियो । मल फेला पारेपछि टोलीले उक्त सटर शिलबन्दी गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशंका लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरी राखिएको फेला परेको बताए । उनले भन,े ‘सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला तोडेर हेर्दा ६ सय ५० बोरा मल फेला परेको हो, अवैधरूपमा भण्डारण भएको युरिया मल जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा शिल गरिएको छ । ‘अहिलेलाई शिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैधरूपमा ल्याइएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानूनी कारवाही हुन्छ,’ डिएसपी वीरेन्द्र थापा भने । आन्तरिक राजस्व कार्यालयले भने अवैध रुपमा मल विक्री गर्नेलाई राजस्व चुहावट ऐन अनुुसार कारवाही गरिने बताएको छ ।

यहाँ अवैध मल भित्रिएको मात्र छैन, किसानलाई आएको सरकारी अनुदानको मल समेत निजी एग्रोभेटलाई विक्री गरेको पाइएको छ । केही दिनअघि सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको युरिया मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्लाको रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको थियो । उसले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारीले एग्रोलाई प्रतिबोरा एक हजार ५० का दरले बिक्री गरेको पाइएको छ । हाल किसानलाई बालीमा छर्न युरिया मल आवश्यक छ । तर अबैध रुपमा मल भित्रिए पनि किसानले सहजै पाउन सकेका छैनन् । बारीमा मकैका लागि मल राख्नुपर्ने बेला भए पनि अझै किसानको हातमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?