© २०२३
चन्द्राैटा(कपिलवस्तु), ३० जेठ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका भित्रका १२ जना ईट्टा उद्योगीलाई सम्मान गरिएको छ । बालश्रमकाे मापदण्डभित्र रहि उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई सम्मान गरिएकाे बेटर बिरिक नेपालले जनाएको छ ।
बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले उद्योगी सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै ईट्टा भट्ठा बालश्रमकाे अखडाकाे रुपमा चिनिने गरिन्थ्यो तर अहिले बालश्रम मुक्त बनेर सम्मानित हुनु गर्वकाे बिषय रहेकाे बताए । आफ्नाे नगरभित्र रहेकाे सम्मानित भएका उद्योगीलाई शुभकामना दिँदै आगामी दिनमा समृद्ध बनाउने पहल गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
आर्थिक मन्दीकाे अवस्था समेत आम नागरिकलाई राेजगारी दिनु प्रमुख श्रेष्ठले प्रशंसा व्यक्त गरे । यसबीच बुधबार श्रम तथा राेजगार कार्यालयका वरिष्ठ अधिकृत गिरीराज ज्ञवालीले कार्यक्रममा बाेल्दै बालश्रम मुक्त भइ सम्मानित भएका उद्योगी बधाई ज्ञापन गरे । उनले उद्योगहरुमा बालश्रम नगराउन आग्रह गर्दै शिक्षालाई जाेडदिए ।
त्यस्तै ईट्टा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष नेत्र पाण्डेले आफूले बनाउने ईट्टाहरु गुणस्तरीय रहेकाे दावी गरे । बालश्रम नगराएरपनि उद्योगलाई प्रबर्द्धन गर्न सकिन्छ भन्ने विशेषगरी बुद्धभुमि नगरभित्र रहेका ईट्टा उद्योग उदाहरण बन्न पुगेकाे उनकाे भनाई छ । बुद्धभुमि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राेम बहादुर थापाले वडामा ईट्टा उद्योगमा मात्रै नभए अन्य स्थानमासमेत बालश्रम मुक्त बनाउने प्रतिबद्धता जाहेर गरे ।