© २०२३
लमही , ३० जेठ ।
दाङ–देउखुरीको लमहीमा सर्पले डसेको करिब एक महिनापछि एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५, कोलही निवासी गिरीराज पोख्रेलका छोरा बर्ष २ का आयम पोख्रेलको सर्पको डसाईबाट मृत्यु भएको हो ।
गत जेठ २ गते सोमबार बेलुका आफ्नै घरको आँगनमा खेलिरहेको समयमा गोमन जातको सर्पले आयमलाई डसेको थियो । सर्पले डसे लगत्तै आयमलाई लमही स्थित सर्प दंश अस्पताल लगिएको थियो । लमहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सोही दिन नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० दिन सम्म भर्ना गरेर उपचार गरिएको भएपनि बालकमा कुनै सुधार नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौंको टिचिङ्ग हस्पिटलमा १५ दिन सम्म भर्ना गरेर उपचार गर्दा समेत बालकको उपचारमा कुनै सुधार नदेखिएपछि उनलाई पुन घर फर्काई अर्काे दिन भारतको लखनउमा लगेर उपचार गरिएको थियो । लखनउमा बालक उपचार हुँदाहुँदै गत जेठ २८ शनिबार बिहान ९ बजे मृत्यु भएको परिवारले जनाएको छ । मृतक बालकको लमहीमा पोष्टमार्टम पछि हिन्दु पम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।