© २०२३
चन्द्राैटा(कपिलवस्तु), ३० जेठ ।
शान्ति पुनर्स्थापना गृह कपिलवस्तुले मानव बेचबिखन तथा ओसारपसार बिरुद्धकाे दुई दिने अभिमुखिकरण कार्यक्रम गरेकाे छ । शिवराज नगरपालिकाकाे सहयाेगमा “हाम्रो आव्हान मानव बेचबिखन बिरुद्धकाे अभियान” भन्ने मुल नाराका साथ चन्द्राैटामा २ दिनसम्म सञ्चालन भएकाे हाे ।
शिवराज नगरपालिकाकी उप-प्रमुख शिवकुमारी थारुले अभिमुखिकरण कार्यक्रमलाई सम्बाेन्धन गर्दै बालबालिका भविष्यका कर्णधार नभएर वर्तमान कर्णाधार भएकाे बताइन् । पछिल्लो समय युवा पुस्तामा देखिएकाे लागू पदार्थ दुर्व्यसनले विकरालरुप लिएकाे उनले जनाइन् । दुर्व्यसनले समुदायस्तरमा जडा गाडेकाे बताउँदै यसलाई निर्मूल पार्न प्रहरी, प्रशासन, क्लब लगायत सबैकाे सहकार्य जरुरी रहेकाे उपप्रमुख थारुले जिकिर गरिन् ।
यस्ता मानव बेचबिखन जस्ता अपराधीक गतिविधिलाई नियन्त्रण जरुरी रहेकाे समेत उनकाे भनाई छ । शान्ति पुनर्स्थापना गृहले गरेकाे राेजगारी जस्ता विभिन्न प्रलोभन पारी भारत लगायतका तेस्रो मुलुकमा खासगरी चेलिबेटीलाई उद्घार गरि सीपमूलक तालिम प्रदान गर्ने गरेकाे कार्यलाई अधिकांशले वक्ताले प्रशंसा गरेका थिए ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णुप्रसाद खतिवडा, हाेटेल व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्ती र गृहका क्षेत्रीय संयाेजक भुमिराज भट्टराई र स्थानीय किशाेरकिशाेरी संवाद क्लबका संयाेजक लगायतले कार्यक्रमलाई सम्बाेधन गरेकाे गृह कपिलवस्तुकी संयोजक बसन्ती जिसीले जानकारी दिइन ।