© २०२३
बुटवल, २९ जेठ ।
शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला समन्वय समिति रूपन्देहीले सरकारले राष्ट्«िय र अन्तर्राष्ट्रिय स्तरमा गरेको घोषणा पुरा गनुपर्नेमा जोड दिएको छ ।
सरकारले गरेको घोषणलाई पुरा गर्न संघीय शिक्षा ऐन ल्याउन दवाब र अनुरोघ गरिएको छ । त्यसका साथै सार्बजनिक शिक्षा सुदृढीकरणको लागि पर्यप्त बजेट सुनिश्चित गर्न आठ बँुदे सुझाव पत्र सैनामैना नगरपालिका, गैंडहवा गाउँपालिका, लुम्विनी साँस्कृतिक नगरपालिका सम्मरीमाई गाउँपालिकामा हस्तान्तरण गरिएको छ ।
यसैगरी शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२३ का सन्दर्भमा आयोजित संघीय शिक्षा ऐन तत्काल सार्वजनिक गर्न संघीय सरकारलाई दवाव दिन आयोजित हस्ताक्षर संकलन कार्यक्रममा गैंडहवा गाउँपालिका र सम्मरीमाइमा गरिएको थियो । अबको संकाय विज्ञान र प्रविधिको समय भएकाले शिक्षामा सुधार गर्न जरुरी रहेको कार्यक्रममा सहभागीले जोड दिएका थिए । उनीहरुले अव पुरानो शैलीले सार्वजनिक शिक्षा क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै शिक्षा क्षेत्र सुधार गर्न नसके मुलुकले आर्थिक रुपमा अगाडि बढ्न नसक्ने भन्दै शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा सबैले जोड दिएका थिए ।