ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा

ईडिएफ मोफसलमा सेवा शुभारम्भ

२९ जेष्ठ २०८०, सोमबार
२९ जेष्ठ २०८०, सोमबार

बुटवल, २९ जेठ ।

वैदेशिक अध्ययनमा जाने युवालाई परामर्श सेवा दिंदै आएको ईडिएफ एडमिसन बुटवलले सोमबार देखि मोफसलबाट सेवा शुभारम्भ गरेको छ । बुटवलको मिलनचोकमा कार्यालयको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले शुभारम्भ गर्दै युवाहरुमाझ विदेश अध्ययनको आकर्षक रहेको बताए । अहिलेको अवस्थामा देशमै युवाहरुलाइ रोक्ने वा अध्ययनपछि स्वदेशमा फर्कने गरी सरकारको नीति जरुरी रहेको उनले बताए । कार्यालयमा जनप्रतिनिधिको अधिकांश दैनिकी १२ कक्षा उत्तीर्ण भएसँंगै उच्च शिक्षामा जानेलाई सिफारिसमा दिन बित्ने गरेको उनले बताए ।

एजुकेशनका म्यानेजिङ डाइरेक्टर विनोद घिमिरेले विदेश अध्ययनमा जाने विद्यार्थीहरुमा भएको कठिनाई बुझेर मद्दत मिल्ने गरी सेवा शुभारम्भ गरेको बताए । अष्ट्रेलिया, अमेरिका, क्यानडा र युकेका युनिभर्सिटीमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने गरेको उनको दाबी छ । उदघाटनको अवसरमा एक हप्ताभित्र नाम दर्ता गर्ने विद्यार्थीहरुलाई पिटिई, आयल्समा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको उनले बताए । विद्यार्थीहरुको रुची अनुसारको कलेज तथा युनिभर्सिटी छान्ने, उनीहरुको करियर राम्रो बनाउन मद्दत मिल्ने गरी सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा समाजसेवी दीर्घ बहादुर केसी (कुमार), वडा नं ९ का वडा सदस्य भरत पुरी (बिवस), विष्णु पोखरेल, गोपाल पाण्डे, राम बहादुर कार्की, तारा ज्ञवाली, प्रकाश पोखरेल, प्रकाश राना, एजुकेशनका डाईरेक्टर प्रकाश घिमिरेले शिक्षासंग बजारमा रेमिटेन्स भित्र्याउने रुपमा रहेको बताए ।

अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त संस्था अमेरिकन ईन्टरनेशनल रिक्युरमेन्ट काउन्सिलबाट मान्यता प्राप्त ईडिएफ एडमिसनले अमेरिका, क्यानडा, अष्ट्रेलिया र युकेका २ सय बढी युनिभर्सिटी तथा कलेजहरुसंग सहकार्य रहेको उनले दाबी गरे । विश्वका ४० वटा देशमा अग्रेजी भाषा परीक्षाको तयारी गराउँदै आएको जम्बोरीको संरचनामा रहेर संस्थागत रुपमा काम गर्ने उनले बताए । आयल्स, पिटिई, टफेल्स, ग्रि, जिमेट, सेट लगायतका परीक्षाको तयारी गर्ने गरी ब्यवस्था भएको उनले बताए ।

एजुकेशनका सिनियर काउन्सिलर गणेश पाण्डेले काठमाडौमा १५ वर्षअघि देखि सेवा दिदै आएको बताए । अहिलेसम्म ५ हजार बढी युवाहरु अध्ययनमा पठाएको भन्दै प्रत्येक वर्ष ४ सय ५० जना वार्षिक जाने गरेको उनले बताए । काठमाडौमा बानेश्वरपछि दोस्रो शाखा बुटवलमा शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?