Butwal Today

बुटवलमा ठेला व्यवसाय गर्ने पुरुषको ढुंगाले हानेर हत्या

२८ जेष्ठ २०८०, आइतबार
अ+
अ-

बुटवल, २८ जेठ ।

बुटवलमा ठेला व्यवसाय गर्दै आएका एक पुरुषको ढुंगाले हानेर हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार ती व्यक्तिलाई लुटपाट गर्ने क्रममा उक्त समूहले ढुंगाले प्रहार गरेको अनुसन्धानमा खुलेको छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ११ वर्षीय किशोरसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरेको छ । बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा लुटपाट गर्ने उद्देश्यले ढुंगाले टाउको लगायतका अंगहरूमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान करिब ११ बजे यस्तो घटना भएको हो । घटनामा संलग्न आरोपमा पक्राउ परेका दुबै व्यक्ति रक्सीको नशाम रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।