© २०२३
लमही ,२८ जेठ ।
दाङको कोईलाबासमा पानी सकिएपछि गढवा गाउँपालिकाको दमकलमा पानी भरेर कोइलाबासमा वितरण गरिएको छ । कोइलाबासमा पानी सकिएको थाहा पाएपछि बिहानै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ५ नं.वडाध्यक्ष लेख बहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, पालिका कर्मचारी दिनभरी टन्टलापुर्ण घाममा दिनभर कोइलाबासमा पानी वितरण गरिएको छ ।
कोइलाबासमा रहेको सरकारी, गैल सरकारी संघ संस्था तथा स्थानीयहरुको घरघरमा पुगेर पानी वितरण गरिएको छ । यो प्रक्रिया पानीको व्यवस्थापन नहुदा सम्म निरन्तर चलिरहने गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिएका छन् । यसभन्दा पहिला कोइलाबासका बासिन्दाहरु भारतको जुरुवाको पानी र स्थानीय स्तरमा डिप बोरिङबाट पानीको आपुर्ती गर्दै आएका थिय । दुबै स्रोत सुकेपछि यहाँ खानेपानीको हाहाकार भएको छ । कोइलाबाससगै सिमा नाकाका एक दर्जन गाउमा खाने पानीको अभाव हुन थालेको छ ।