© २०२३
बुटवल, २७ जेठ ।
सामाजिक संस्था निर्मल हृदय संस्था नेपालले देविनगरस्थित अपाङ्ग आश्रम नेपालमा खाद्यान्न वितरण कार्यक्रम गरेको छ । संस्थाको सदस्य रिता आलेको जन्मदिनको अवसर पारेर आश्रममा औपचारिक कार्यक्रम गरी खाद्यान्न वितरण गरिएको थियो ।
नशा तथा हाडजोर्नी विशेषज्ञ डा. सोम आलेको उपस्थितिमा गरिएको उक्त कार्यक्रममा संस्थाकी सह कोषाध्यक्ष सुशिला कुँवरले पनि फलफूल सहयोग गरेकी थिईन् । रिता आले डाक्टर सोम आलेकी धर्मपत्नी हुन् । अपाङ्ग आश्रममा ३८ जना आश्रित रहेका छन् ।
त्यसैगरी बसपार्कमा लायन्स क्लब अफ क्षितिजले गर्दै आईरहेको हंगर रिलिफ अन्तर्गत “सबैको लागि खाना“ ५० औ हप्ता कार्यक्रममा सडक बालबालिकाहरूलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । सम्पुर्ण खाना खर्च सस्थाको सदस्य रिता आलेले गरेकी हुन् । बुटवलकी उपमेयर सावित्रादेवी अर्यालको उपस्थितिमा खाना वितरण गरिएको हो । संस्थाले बिगतदेखि नै विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गर्दै आईरहेको छ ।