Butwal Today

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो ६४ प्रतिशत अंक

२७ जेष्ठ २०८०, शनिबार
अ+
अ-

घोराही, २७ जेठ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन समीक्षा गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले सेवा प्रवाहका हिसाबले अघिल्लो वर्ष ५० प्रतिशत अङ्क ल्याएकोमा यो वर्ष यसमा उल्लेखनीय वृद्धि भई ६४ प्रतिशत अङ्क प्राप्त गर्न आफुहरु सबै सफल भएको बताए । उनले अहिलेसम्म अस्पतालले प्राप्त गरेको अंक हेर्दा तेस्रो स्थान हासिल गरेको बताए ।

प्रतीष्ठानका मेडिकल डाइरेक्टर डा. रमेश कंडेलले यो उपलब्धिका पछाडी दिनरात नभनी आफ्नो कार्यक्षेत्रमा खटिरहने प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरु, सम्पूर्ण स्वास्थ्यकर्मी, प्राविधिक एवं प्रशासनिक कर्मचारी तथा सहयोगी कर्मचारीहरु, प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग र सद्भाव व्यक्त गरिरहने नागरिक समाजको उल्लेखनीय भूमिका रहेको बताउदै सबैलाई धन्यवाद दिएका छन् ।

साथै डा. कडेलले भने–“आशा छ, हामी सबै मिलेर प्रतिष्ठानलाई आगामी दिनहरूमा थप उचाइमा लैजान सफल हुनेछौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?