Butwal Today

स्थापना दिवसमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीद्वारा विविध कार्यक्रम

२७ जेष्ठ २०८०, शनिबार
अ+
अ-

बुटवल, २७ जेठ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औं स्थापना दिवस रुपन्देहीमा विविध कार्यक्रमका साथ मनाइएको छ ।

स्थापना दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीले शनिबार नेपाल अविनाश अनाथ आश्रम कोटिहवा रुपन्देहीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरलगायतका कार्यक्रम गरेको हो । महासंघले किटबक्स वितरण, निःशुल्क भिडियो एक्सरे सेवा, खाद्यान्न वितरण, सेवानिवृत्त स्वास्थयकर्मीलाई सम्मान, रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीका सचिवालय सदस्य भोजराज पोख्रेलले जानकारी दिए ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रुपन्देहीका अध्यक्ष रामेश्वर ढकालको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले गरेका थिए । स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा. सन्तोष पोख्रेलले बालबालिकाको स्वास्थ्य चेकजाँच गरेका थिए भने रेडियोलोजिष्ट डा. प्रशान्त आचार्यले भिडियो एक्सरे सेवा प्रदान गरेका थिए । रक्तदान कार्यक्रममा पब्लिक हेल्थ फाउन्डेशन लुम्बिनी र तिलोत्तमा रक्तदाता समाजले समेत सहकार्य गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुपन्देहीका उपाध्यक्ष विष्णुप्रसाद ढकाल, सचिव गणेश भण्डारीलगायतले पनि बोलेका थिए ।